Kohalpur Today Header Ads

पीडितको माग सम्बोधन नभएको भन्दै पुर्व पश्चिम राजमार्गको अगैयामा विरोध प्रदर्शन




राप्तीसोनारी  ।

हुलाकी सडक अन्तर्गत राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुरस्थित धामपुरमा बिहीबार साँझ हाइसले ठक्कर दिदाँ साईकल यात्रीको मृत्यु भएका मंगरु थारुका आफन्तले शुक्रवार साँझ पुर्व पश्चिम राजमार्गको अगैयमा टायर बालेर विरोध प्रदर्शन गरेका छ्न।

दाङबाट नेपालगन्जतर्फ जादै गरेको भे १ ख ४१३६ नम्बरको हाईसले ठक्कर दिदाँ साईकल यात्री राप्तीसोनारी ४ बुद्धचोक निवासी ४५ वर्षीय मंगरु थारुको गम्भीर घाइते भएका थिए । उनलाइ उपचारका लागी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

LIfe Ok

शुक्रबार बिहान मृतकका आफन्त ईलाका प्रहरी कार्यालय कोहलपुर र ट्राफिक को स्क्याच मुचुल्का सहित माग ईलाका प्रहरी कार्यालय कोहलपुर पुगेको थिए तर ठक्कर दिने गाडी धनी सम्पर्कमा न आएको र आफ्ना माग प्रती चासो नदेखाएको भन्दै उचित क्षेतिपुर्तिको माग अगैया बजारमा टायर बालेर सडक अवरुद्ध गर्नुका साथै बिरोध प्रदर्सन गरेका थिए । भोलि बिहान ११ बजे सम्म माग सम्बोधन नभए कडा आन्दोलन गर्ने पीडित पक्षले जनाएको छ ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० पुस २० गते शुक्रबार