Kohalpur Today Header Ads

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल




बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ।

आइतबार बिहान सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष ओलीबीच छलफल भएको हो।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार छलफलमा कांग्रेस सचेतक रमेश लेखक पनि सहभागी छन्। प्रधानमन्त्रीसहित शीर्ष ने‍ताहरूबीच संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल भएको छ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न संसदमा विधेयक रहे पनि दलहरूबीच सहमति नहुँदा उक्त विधेयक अघि बढ्न सकेको छैन।

विधे‍यकमा सहमति जुटाउन ११ सदस्यीय समिति बनाइए पनि मुख्य विषयमा उक्त समितिले सहमति नै जुटाउन सकेको थिएन।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० पुस ८ गते आइतबार