कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका १४ पार्वतीपुर मन्दिर नजिकै मोटरसाइकलले ठक्करले एक जनाको मृत्यु भएको छ ।
१८ गते राती करिब ७ बजेको समयमा नेपालगञ्जबाट कोहलपुरतर्फ आउँदै गरेको भे ८ प २८३६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा कोहलपुर १४ का ७० वर्षिय प्रमोद पौडेलको मृत्यु भएको हो । मृतकको टाउको र ढाडमा चोट लागेको थियो ।
पौडेलको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा विहान करिब २ बजेको समयमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
मोटरसाइकल चालक कोहलपुर नगरपालिका १४ पार्वतिपुरका ३८ वर्षिया नत्रलाल यादवलाई नियन्त्रण लिई अनुसन्धान भइरहेको तिवारीले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्