कोहलपुरमा मोटरसाइकलको ठक्करबाट पौडेलको मृत्यु

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १४ पार्वतीपुर मन्दिर नजिकै मोटरसाइकलले ठक्करले एक जनाको मृत्यु भएको छ ।

१८ गते राती करिब ७ बजेको समयमा नेपालगञ्जबाट कोहलपुरतर्फ आउँदै गरेको भे ८ प २८३६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा कोहलपुर १४ का ७० वर्षिय प्रमोद पौडेलको मृत्यु भएको हो । मृतकको टाउको र ढाडमा चोट लागेको थियो ।

पौडेलको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा विहान करिब २ बजेको समयमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

मोटरसाइकल चालक कोहलपुर नगरपालिका १४ पार्वतिपुरका ३८ वर्षिया नत्रलाल यादवलाई नियन्त्रण लिई अनुसन्धान भइरहेको तिवारीले बताए ।