Kohalpur Today Header Ads

काम नगरिदिएको रिस फेर्न वडाध्यक्षको घरमा आगो




आफूले भनेको काम नगरिदिएको झोंकमा स्थानीय एक युवाले धनकुटाको पाख्रीबास नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष देवेन्द्र गुरागाईंको घरमा आगजनी गरेको प्रहरीले जनाएको छ।

सोमबार बिहान १२ः४८ बजेतिर वडाध्यक्षको परिवारले घरमा आगो लागेको थाहा पाएको थियो। लगत्तै गाउँलेको सहयोगमा आगो निभाएको थियो।

धनकुटा प्रहरीले सोही ठाउँका २० वर्षका सुशील अधिकारीलाई नियन्त्रणमा लिएको थियो। ‘हामीले शंका लागेर नियन्त्रणमा लिएका तिनै युवाले आगजनी गरेको स्वीकार गरेका छन्’, धनकुटा प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले भने।

LIfe Ok

आफूले भनेको काम वडाध्यक्षले नगरेको रिस पोख्न त्यसो गरेको उनको भनाइ छ।

कोइरालाले परिवारलाई घरभित्रै थुनेर ज्यानै लिने नियतले आगजनी गरेको भने नदेखिएको पनि बताए।
‘परिवारका सदस्य माथिल्लो तलामा थिए, ताला तलको तलामा थियो’, एसपी कोइरालाले भने, ‘रिस फेर्न आगो लागाएको देखिन्छ।’

अधिकारीलाई आज म्याद थपेर थप अनुसन्धान गरिने उनले जानकारी दिए। पाख्रीबासको डाँडाखर्कस्थित घरमा गुरागाइँ दम्पती मात्रै बस्थे। उनीहरूका छोराबुहारी काठमाडौं बस्छन्। उनी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन्।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० मंसिर १९ गते मंगलबार