Kohalpur Today Header Ads

कोहलपुरमा महाशिवरात्री श्रृङ्गारिक महाआरती धर्म जागरण महोत्सव सुरु




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ५ र ६ को सिमानामा रहेको आदर्शनगर धनेश्वर महाशिवरात्री श्रृङ्गारिक महाआरती धर्म जागरण महोत्सव २०८० सुरु भएको छ । कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले उद्घाटन गरी महोत्सव सुरु भएको हो ।

LIfe Ok

मुल आयोजक समितिका अध्यक्ष इन्द्रमणि ढकालको सभाअध्यक्षमा भएको कार्यक्रममा सुरु भएको धनेश्वर महाशिवरात्री श्रृङ्गारिक महाआरती धर्म जागरण महोत्सव २०८० मंगबारबाट सुरु भएको हो ।

२०५७ साल फागुन १५ गते स्थापना भएको शिव मन्दिरको संरक्षणक तथा समद्धनमा सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

शिशिर उपाध्याय, श्रीकान्त भूषाल, जयराज राज भण्डारी, देवेन्द्र पौडेल, राज बहादुर शाही, ओम प्रकाश पौडेल, बाशुदेव उपाध्याय, दिपक श्रेष्ठ, त्रिलोक धिताल, लक्ष्मण खड्का, सालीग्राम सिग्देल, पूर्ण गौतम, रझेना युवा क्लब लगायतलाई सम्मान गरिएको थियो ।

यस्तै मन्दिर इट्टा सहयोग गर्ने दाता सुर्य पराजुली, शिवजीको मुर्ति सहयोग गर्ने दाता दिवाकर खनाल लगायत अन्य दाताहरुलाई सम्मान गरिएको थियो ।

यस्तै कार्यक्रमका जिल्ला समन्वय समिति समितिका उपप्रमुख सिता कार्की, कोहलपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ, लगायत अन्य भक्तजनहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।  महोत्सव २९ गतेसम्म सञ्चालन हुनेछ ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० फागुन २३ गते बुधबार