काठमाडौं ।
नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्माको प्यानल विजयी भएको छ । शर्मा ५३१ मत ल्याएर प्यानलसहित विजयी भए ।
उनका प्रतिस्पर्धी मायानाथ अधिकारीले ३६५ मत प्राप्त गरे । उपाध्यक्ष विष्णु पौडेल–उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहका शर्माले महासचिव शंकर पोखरेल–स्थायी कमिटी सदस्य खगराज अधिकारी समूहका अधिकारीलाई १ सय ६६ मतले पछि पारे । चुनावमा पोखरेल– अधिकारी पक्षका मायानाथको प्यानलले नराम्रो हार व्यहोरेको छ ।
उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ ५३४ मतसहित विजयी हुँदा अर्का प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३६२ मत पाएका छन् ।
सचिवका उम्मेदवार लमजुङका धनञ्जय दवाडीले ५२० मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिस्पर्धी कास्कीका रश्मी आचार्यले ३६७ मत पाए । दवाडी शर्माकै प्यानलका हुन् ।
उपसचिव पदमा पनि शर्मा प्यानलका कास्कीका दामबहादुर विक विजयी भएका छन् । उनले ४९९ मत पाएका छन् । उपसचिव पदका अर्का प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३९७ मतमात्र पाए ।उपसचिव महिलातर्फ पनि शर्मा प्यानलकी पर्वतकी मन्जु अधिकारीले ५३१ मत ल्याएर विजयी हुँदा कास्कीकी मिना गुरुङले ३६५ मत पाइन् ।
अधिवेशनमा विभिन्न क्लस्टरबाट २७ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्