Kohalpur Today Header Ads

सवारी दुर्घटनामा एकको मृत्यु




मकवानपुरमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार धरान-चतरा सडक खण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–५ तीनतलेमा आज दूध बोक्ने खाली ट्यांकर दुर्घटना हुदाँ हेटौंडा उपमहानगरपालिका–९ एचआइडी निवासी अन्दाजी ३४ वर्षका सिद्धान्त लामाको मृत्यु भएको हो।

हेटौंडाबाट बकैयातर्फ गइरहेको ना१घ ५४४ नम्बरको ट्यांकर गाडी तीनतलेमा सडकबाट आफैं अनियन्त्रित भई एक सय मिटर तल खसेको थियो। सख्त घाइते भएका लामालाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको र उपचारको क्रममा मध्याह्न १२ बजे निधन भएको हो।

LIfe Ok

दुर्घटनामा सहचालक धादिङ जिल्ला गजुरी निवासी ४५ वर्षका प्रेम अधिकारी घाइते भएका छन्। उनका दाहिने खुट्टाको घुडामा गहिरो चोट लागेको र हेटौंडा अस्पतालमा उनको उपचार भइरहेको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असोज १७ गते बुधबार