Kohalpur Today Header Ads

माओवादीको ३ महिने अभियानः श्रमदानबाट बाटो तथा सिढी निर्माण




जन–जनमा माओवादीः घर–घरमा माओवादी भन्ने मूल नारा लिएर जनतासँग माओवादी विशेष रुपान्तरण अभियान चलाएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को ३ महिने अभियान अन्तर्गत ललितपुरको कोन्ज्योसोम गाउँपालिकाका ५ वटै वडामा विभिन्न सामाजिक कामहरु भएका छन् ।

अभियानमा खटिएका माओवादी केन्द्रका नेता कार्यकर्ताले कोन्ज्योसोम गाउँपालिका वडा १ चौधरेमा जनश्रमदानबाट बाटो निर्माण तथा बाटोमा सिढी निर्माणको काम सम्पन्न गरेका छन् । चौघरेको घोङ्वा टोलमा बाटोमा सिढी निर्माण र सिरुडाँडामा गोरेटो बाटो निर्माण कार्य सम्पन्न भएको हो ।

अभियानमा पार्टीको वडा कमिटी अध्यक्ष कान्छालाल लामा, वडा कमिटीको इन्चार्ज तथा वडा अध्यक्ष सन्तलाल लामा, वडा सदस्य आइते लाल घोङ्वा, पार्टीको पालिका अनेमसंघ क्रान्तिकारी अध्यक्ष डोल्मा लामा, पालिका कमिटीको वाइसीएल संयोजक रिता लामा तथा पार्टीको सदस्यहरूको सहभागितामा जनश्रमदानबाट बाटो निर्माण भएको छ ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

जनतासँग जनताले प्रत्यक्ष महसुस र अनुभव गर्नसक्ने काम गर्दा जनता र पार्टीको सम्बन्ध थप विस्तार हुने र जनताको माग, समस्या तथा आशा अपेक्षा थाहा हुने र त्यसैअनुसार योजना बनाएर जनताको समस्या समाधान गर्न सकिने, पार्टी र जनताबिच थप सम्बन्ध सुधार गर्दै विश्वसनीयता हासिल गर्न सकिने भएकाले यस्ता कार्यहरू निरन्तर भैरहनुपर्छ भन्दै माओवादी केन्द्र कोन्ज्योसोम गाउँपालिका कमिटी अध्यक्ष महेश लामाले अन्य वडामा पनि विभिन्न रचनात्मक कामहरु भैरहेको र थप योजना निर्माण गरेर अघि बढ्ने जानकारी दिए ।

माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य तथा पुर्वसभामुख ओनसरी घर्ती मगरले कोन्ज्योसोम गाउँपालिकाको अभियानको कमाण्डरको जिम्मेवारी लिएकी छिन्।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असोज १७ गते बुधबार