बाँकेमा यात्रु बस दुर्घटना : चालक सहित ७ जनाको मृत्यु

कोहलपुर ।

बाँकेको राप्तीसोनारी गाउँपालिका-९ शम्शरेगञ्जमा बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।

बर्दिया ठाकुरबाबा नगरपालिका—९ का सामुदायिक वनका सदस्यहरुको भ्रमण टोली बोकेर दाङको धारापानी भ्रमण गरि बर्दिया फर्कने क्रममा बाँकेको राप्तीसोनारी ८ शम्शेरगन्ज नजिकै ट्रकमा ठोकिदा भएको बस दुर्घटनामा परि ७ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बर्दिया ठाकुरबाबा नगरपालिका-९ का वर्ष ५५ कस्तुरी थापा, वर्ष ५० काँशीराम थारू, वर्ष ५० रूपा परियार, वर्ष ३५ जयन्ति थारू, वर्ष ६५ साधुराम चौधरी, ८ वडाका वर्ष ४५ जुग बहादुर चन्द र गाडी चालकको भने पहिचान खुल्न सकेको छैन ।

घाइतेहरुको भने अहिले नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुुरका डिएसपी (प्रहरी नायव निरिक्षक) सुन्दर तिवारीले जानकारी दिएका छन् । घाइते २९ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

सो बसमा ४१ जना सवार रहेका थिए । घाइते मध्ये गम्भीर २ जना, मध्यम १२ जना, सामान्य १५ जना, सकुशल ५ जना गरी ४१ जना रहेको तिवारीले जानकारी दिए ।

यो पनि पढनुहोस् ।

कोहलपुर आउँदै गरेको बस शम्शरेगञ्जमा दुर्घटना

Update : कोहलपुर आउँदै गरेको यात्रु बस दुर्घटना, ४ जनाको मृत्यु

बस दुर्घटना Update : ठाकुरबाबा नगरपालिकाका ७ जनाको मृत्यु, २९ घाइते