बस दुर्घटना Update : ठाकुरबाबा नगरपालिकाका ७ जनाको मृत्यु, २९ घाइते

कोहलपुर ।

पूर्व पश्चिम राजमाग अन्तरगत बाँकेको राप्तीसोनारी–८ शमशेरगञ्ज नजिक गएराति ९ बजेतिर भएको सडक दुर्घटनामा ७ जनाको ज्यान जानुको साथै २९ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिम जना लागेको यात्रुबाहक ना ७ ख २३२१ नं को बस रोकिराखेको ना ८ ख ६४०५ नं. ट्रकमा ट्रकमा ठोक्किँदा सो घटना भएको बाँके प्रहरीले जनाएको छ ।

बर्दिया ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराको बेतहनी सामुदायिक वन उपभोक्ता समूहको टोली चढेको बस दाङको धारपानी भ्रमणबाट फर्किँदै गर्दा बिग्रएर रोकि राखेको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा एउटै वडाका ५ जना र चालक, सहचालकसहित ७ जनाको ज्यान गएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेहरुमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय काशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु, ६५ वर्षीय साधुराम थारु रहेका छन् ।

यसैगरी ठाकुरबाबा नगरपालिका–८ का बस चालक ४५ वर्षीय जुग बहादुर चन्द र नाम खुल्न बाँकी सहचालक ३५ वर्षीय पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक नारायण डागीले जानकारी दिए ।

घाइते २९ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । सो बसमा ४१ जना सवार रहेका थिए । घाइते मध्ये गम्भीर २ जना, मध्यम १२ जना , सामान्य १५ जना, सकुशल ५ जना गरी ४१ जना रहेका छन् ।

यो पनि पढनुहोस् ।

कोहलपुर आउँदै गरेको बस शम्शरेगञ्जमा दुर्घटना

Update : कोहलपुर आउँदै गरेको यात्रु बस दुर्घटना, ४ जनाको मृत्यु