Update : कोहलपुर आउँदै गरेको यात्रु बस दुर्घटना, ४ जनाको मृत्यु

कोहलपुर ।

बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शम्शरेगञ्जमा बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार भरतपुरबाट कोहलपुर आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस र रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रक ठोकिँदा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएकाहरुको भने पहिचान खुल्न सकेको छैन ।

बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाबाट भ्रमणमा गएको टोलि हो भन्ने जानकारी प्राप्त भएको छ ।

प्रहरीले घटना स्थलबाट नेपालगञ्ज मेडिकल कलेजमा घाइतेहरुलाई ल्याउने क्रम जारी छ । यात्रु कति हुन भन्ने अझै यकिन हुन सकेको छैन ।

अहिले घटना स्थलबाट उद्धार चलिरहेको छ तत्काल यात्रु कति थिए भन्ने जानकारी पाउन नसकेको इलाका प्रहरी प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिए । घाइतेहरुलाई नेपालगञ्ज मेडिकल कलेजमा थप उपचार भइरहेको छ ।  घटनाको विवरण आउँन बाँकी ।

कोहलपुर आउँदै गरेको बस शम्शरेगञ्जमा दुर्घटना