थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु




पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना भाइरस कोभिड–१९) को संक्रमण भएको छ । साथै १६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये ५३०६ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ३७६२, ललितपुरमा १११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन् ।

यस्तै कास्कीमा ४००,मोरङमा २७३, सुनसरीमा २१२, कैलालीमा १७०, चितवनमा १५३, रुपन्देहीमा १४९, बाँकेमा १४८, मकवानपुरमा १४७ र काभ्रेमा १०१ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमणदर अझ बढ्यो

मन्त्रालयका अनुसार देशभरमा २० हजार १८७ नमुना परीक्षण गरिएको थियो । १४ हजार ४६२ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ३१२ र ५ हजार ७२५ नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार ४२ गरी १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो ।

यसरी हेर्दा पीसीआरतर्फ संक्रमणदर बढेर ५६.८ प्रतिशत पुगेको छ । बुधबार ५२.६ रहेको संक्रमण दर पछिल्लो दुई दिनमा क्रमशः ४७.९ र ४७.३ थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ ८ गते शनिबार