Kohalpur Today Header Ads

जब ३ आँखा भएको अजिङ्गर भेटियो…




काठमाडाैं ।

वन्यजन्तु अधिकारीहरूले उत्तरी अस्ट्रेलियाको राजमार्गमा भेटिएको एउटा तीनआँखे सर्पको तस्बिर सार्वजनिक गरेका छन्। नोर्दन टेरिटोरी पार्क्स एन्ड वाइल्डलाइफ सर्भिसले इन्टरनेटमा धेरैले शेयर गरेको तस्बिरमा देखिएको सर्पलाई “अद्भुत” भनेको छ।

मोन्टी पाइथन नाम दिइएको उक्त सर्प अजिङ्गर प्रजातिको हो। तर मार्चमा भेटिएको सो सर्प केही हप्तामै मरेको थियो। विज्ञहरूले सर्पको टाउकोमा भएको अतिरिक्त आँखा आनुवांशिक संरचनामा भएको परिवर्तनका कारण बनेको बताएका छन्। पन्ध्र इन्च लामो सो सर्पलाई अनौठो टाउकोको कारण खान समस्या परेको थियो।

LIfe Ok

एक्सरेले सो सर्पको दुईटा टाउको नजोडिएको देखाएको थियो। “त्यो एउटै टाउकोमा थप आँखाको स्थान भएको र तीनवटै देख्न सक्ने आँखा भएको पाइयो,” नोर्दन टेरिटोरी पार्क्स एन्ड वाइल्डलाइभ सर्भिसले फेसबुकमा लेखेको छ। सर्प विशेषज्ञ प्राध्यापक ब्रायन फ्रेले आनुवांशिक संरचनामा देखिएको दोष परिवर्तनको स्वाभाविक प्रक्रिया भएको बताए।

“सबै बच्चा जन्मँदा कुनै प्रकारको पृथक्ता हुन्छ। यस्तो चाहिँ धेरै हुँदैन,” फ्रेले भने। “मैले अहिलेसम्म तीनआँखे सर्प देखेको थिइनँ। तर हाम्रो प्रयोगशालामा दुईटाउके अजिङ्गर आइपुगेको थियो।” उनले त्यो सर्पको तेस्रो आँखा विकसित हुन नसकेको जुम्ल्याहाको हुन सक्ने बताए।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ साउन ५ गते शनिबार