२ हजार २ सय ४ मत गणना हुँदा टेकनारायण भुषालले १ सय ३ मतले फराकिलो मतले अग्रता

कोहलपुर ।

कोहलपुर बृहत खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा लोकतान्त्रिक प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवारले मतान्तर फराकिलो बनाउँदै गएका छन् ।

पछिल्लो मत गणना अनुसार भुषालले ८ सय ८० मत प्राप्त गरेका छन् भने साझा उम्मेदवार रुद्र खनालले ७ सय ७७ मत प्राप्त गरेका छन् । भुषालले सूरुवाती देखिनै अग्रता लिएका छन् ।

यस्तै स्वतन्त्र प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार विष्णु तिवारीले ३ सय २१ मत प्राप्त गरेका छन् ।

यस्तै लोकतान्त्रिक प्यानलको तर्फबाट उपाध्यक्षमा विर बहादुर विष्टले ८ सय ३८ मत प्राप्त गरेका छन् भने साझा प्यानलको तर्फबाट उपाध्यक्षमा यम बहादुर रावत क्षेत्रीले ६ सय ३९ मत प्राप्त गरेका छन् ।

यस्तै स्वतन्त्र प्यानलको तर्फबाट उपाध्यक्षमा मोहन प्रसाद चापागाईंले ४ सय १४ मत प्राप्त गरेका छन् ।

यस्तै लोकतान्त्रिक प्यानलको तर्फबाट सचिवमा गोविन्द वाग्लेले ७ सय ३८ मत, सह–सचिवमा बाल कुमारी सापकोटाले ८ सय २० मत, कोषध्यक्षमा ध्रुव आचार्यले ८ सय ३२ मत र सह– कोषाध्यक्षमा ईश्वर प्रसाद शर्माले ८ सय ४९ मत प्राप्त गरेका छन् ।

यस्तै साझा प्यानल तर्फबाट सचिवमा राम कृष्ण पाण्डेले ६ सय ५८ मत, कोषध्यक्षमा नारायणी वलीले ७ सय १८ मत, सह–सचिवमा यशोदा थापाले ८ सय २ मत र सह–कोषध्यक्षमा रेशमलाल सापकोटाले ७ सय ३१ मत प्राप्त गरेका छन् ।

यस्तै स्वतन्त्र प्यानलको तर्फबाट सचिवमा संजय मण्डलले ५ सय १ मत, कोषाध्यक्षमा शिवराज पोख्रेलले ३ सय २३ मत र सह–कोषाध्यक्षमा अमृत बहादुर श्रेष्ठले ३ सय १ मत प्राप्त गरेका छन् ।

कुल ५ हजार २ सय ७७ मतदाता मध्ये २ हजार ८ सय ८७ जनाले मतदान गरेका थिए । अहिले १ र ५ वडामा मत गणना चलिरहेको छ ।