नगरपालिकाले विद्यार्थीका समस्या समाधान गर्नुपर्छ ताला तोड्ने होइन : विद्यार्थी संगठन




कोहलपुर, बाँके ।

कोहलपुर नगरपालिकामा रहेका सामुदायिक र संस्थागत विद्यालयमा विभिन्न समस्याहरु रहेका र ती समस्याहरुलाई समाधान गर्न विद्यार्थी संगठनहरुले नगर शिक्षामा ताला लगाएका थिए ।

अनेरास्ववियू(क्रान्तिकारी) ले ८ बुँदे माग राख्दै गत वर्ष ज्ञापन पत्र बुझाएका थिए तर वर्षौ वित्दा समेत सुनुवाई नभएको भन्दै कोहलपुर नगर शिक्षा शाखा अनिश्तिकालिन तालाबन्दी गरेका थिए । नगर शिक्षा शाखाको अनुरोधमा नगर प्रहरीले ताला तोड्यो ।

ताला ताडेपछि विद्यार्थी संगठनहरुले त्यसको विरोध समेत गरे । नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयका अध्यक्ष तथा घटकहरुसंग विद्यार्थीहरुको अन्तक्रिया कार्यक्रम भयो ।

अन्र्तक्रिया कार्यक्रममा स्वतन्त्र विद्यार्थी यूनियन बागेश्वरी बहुमुखी क्याम्पसका सभापति देवेन्द्र बुढा, नेपाल विद्यार्थी संघका युवराज विष्ट, अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनका बाँके जिल्ला इन्चार्ज सुमन घिमिरे, अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) का लक्ष्मण मानव र अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) डिवी शाहीले विद्यार्थीका मागहरुलाई सम्बोधन गर्नुपर्छ ताला तोडेर समाधान नहुने बताए ।

सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाले अध्ययन अध्यापन गर्दा हुने समस्या र शिक्षकहरुले गरेको राजनितिकले गर्दा समस्या पैदा गरेको उनीहरुले बताएका थिए । विद्यार्थी संगठनले लगाएको ताला तोड्न नहुने सबै संगठनका अध्यक्ष तथा प्रतिनिधिहरुले ऐक्यबद्धता व्यक्त गरे ।

यस्तै नगर शिक्षक महासंघ कोहलपुर नगरका अध्यक्ष राम प्रसाद चापाँगाईले कोहलपुरको शैक्षिक सुधार गर्नुपर्ने धेरै विषयहरु रहेको बताए । सामुदायिक विद्यालयमा अग्रेजी र नेपाली गरी दुई शिक्षा निति लिइएको छ तर त्यसलाई एउटै शिक्षा निति बनाउनुपर्ने उनले सुझाव दिए ।

शिक्षक कर्मचारीहरुको आन्दोलनमा पनि अघि-अघि ताला लगाउँदै पछि-पछि नगर प्रहरी ताला तोड्दै हिडेको थियो तर त्यसमा पनि नगरपालिकाले गतल गरेको उनको भनाई थियो । समस्याको समाधान गर्ने हो तर ताला तोड्ने अभियान नै चलाउनु राम्रो नभएको नगर शिक्षक महासंघका अध्यक्ष चापाँगाईले बताए ।

यस्तै संस्थागत विद्यालयको संगठन प्याब्सन कोहलपुरका अध्यक्ष यम रावतले कोहलपुरमा आवि र माविको निति अबलम्न गरेको छ तर लागू नगरेको बताए । ‘आवि १-८ र मावि ९-१२ को लाई मानिन्छ,’ उनले भने, ‘संस्थागत विद्यालयले १ देखि १२ कक्षा सम्म प्रत्येक वर्ष रोइकराई अनुमति लिनुपर्ने समस्या छ ।’

शिक्षकको श्रम शोषण गरेका छैनौ, आगामी वर्षबाट प्रत्येक विद्यालयले सामाजिक सुरक्षा कोष लागू हुने विद्यार्थी संगठनहरुलाई रावतले विश्वस्थ पारे । उनले विद्यालयको वरीपरी कति मिटर, किलोमिटर हुन्छ मध्यपान र धुम्रपान बन्द गर्नुपर्ने उनले सुझाव दिए ।

यस्तै नगर शिक्षा शाखाका प्रमुख राम बहादुर हमालले शाखाको काम, कतव्र्य र अधिकार पूर्ण रुपमा कार्यान्वयन गरेको बताए । शाखाबाट हुने सेवा र सुविधाहरुमा कुनै कन्जुस्याई नगरेको तर नितिगत मागहरु प्रदेश र संघियबाट हुने भएकोले आफूले गर्ने नसक्ने भन्दै विद्यार्थीे संगठनहरुलाई आग्रह गरे ।

उनले आक्रोस पौख्दै भने, विद्यार्थी संगठनले १०औँ वर्षदेखि ताल्चा लगाई राख्नुभएको छ, कहिले त्यो पार्टी, कहिले अर्को, पार्टी, कहिले यो पार्टीले ताल्चा लगाई राख्नुभएको छ ? ‘तर अब फरक तरिकाबाट जाँऔं ताल्चा लगाएर केही हुँदैन, उनले, ‘शिक्षाको जगबाट नै सुुधार गरौं ।’

यहाँहरुले भनेकै आधारमा छात्रवृत्ति १० प्रतिशत संस्थागत विद्यालयको सार्वजनिक गर्नुपर्ने भन्नुभयो, त्यो अहिले धमाधम काम भइरहेको छ, नपठाउने विद्यालयको असार १५ पछि नाम सार्वजनिक गर्नेछु हेर्नुहोला शाखाका प्रमुख हमालले भने ।

यस्तै कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले समस्याको पहिचान गर्न अनुरोध गरे । बाँकेका ८ पालिका मध्ये कोहलपुरले केही न त केही सुरु गरेको छ तर जसले काम गर्‍र्यो उस्कै पुच्छुर उमेठ्नु त भएन नी ? उनले संगठनहरुलाई सुझाव दिए ।

‘ताला लगाउनु भन्दा नयाँ योजना सहित बजेटको व्यवस्था गरी शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन नगरपालिका तयार छ तर ताला लगाएर केही हुँदैन,’ उनले भने, ‘जहाँ समस्या छ त्यहाँ उपाया पनि हुन्छ ।’ विरोधका लागि विरोध नगर्ने सबै संगठनका नेता तथा अध्यक्षहरुलाई उनले आग्रह गरे । कोहलपुर नगरपालिकाले शिक्षाको क्षेत्रमा अझै प्रभावकारी रुपमा सञ्चालन गर्ने करिब २० प्रतिशतले बढि बजेट विनियोजन गरेको नगर प्रमुख आचार्यले बताए ।

याे पनि हेर्नुहाेस् ।

 

कोहलपुर नगर शिक्षा शाखा अनिश्चितकालिन तालाबन्दी

कोहलपुर नगर शिक्षा शाखामा लगाइएकाे ताला १ घण्टामै खुल्याे

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असार १३ गते बुधबार