Kohalpur Today Header Ads

नेपाली सेना र दिप ज्योति स्कुल विच सम्झौता




कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिका-१ मा रहेको दिप ज्योति सेकेन्डरी स्कुलसंग नेपाली सेनाले सम्झौता गरेको छ । नेपाली सेना (बज्रदल गण) ले बहुसंख्यक हिताधिका सन्ततीहरु शिक्षाको सुविधाबाट बञ्चित नहुने उदेश्यले दिप ज्योति सेकेन्डरी स्कुलसंग सम्झौता गरेको हो ।

यस्तै शिक्षा महाशाखा, सैनिक कल्याणकारी महानिर्देशनालयले देशभर रहेका उत्कृष्ट संस्थागत र सामुदायिक विद्यालयसंग सहकार्य गरी शहुलियत शुल्कमा गुणस्तरीय शिक्षाको अवसर दिने उद्देश्य अनुसार दिप ज्योति सेकेन्डरी स्कुलसंग सम्झौता गरेको बज्रदल गणका प्रमुख सेनानी श्याम अत्रेय पौडेलले बताए ।

LIfe Ok

यस्तै नेपाली सेनाले शैक्षिक वातावरण, गुणस्तरीय शिक्षा, दक्ष जनशक्ति, पूर्वाधार लगायतका क्षेत्रहरुलाई अध्ययन गरी भ्mउबललभििभम कार्यक्रमलाई लागू गर्ने भ्mउबललभििभम कार्यक्रमका समन्वय अधिकृत सेनानी शिव थापाले बताए ।

शिव थापाका अनुसार नेपाली सेनाका सन्ततीहरुले मासिक शुल्क, भर्ना शुल्क र बार्षिक शुल्क गरी बार्षिक रुपमा प्रतिविद्यार्थीको २० हजार रुपैयाको दरले विद्यालयले पाउनेछन् ।

अन्य परिक्षा रजिष्टेशन, बोर्ड परिक्षा शुल्क दुरी अनुसारको यातायात शुल्क, शैक्षिक भ्रमण, कम्प्युटर र म्युजिक जस्ता आधारभूत शुल्कहरु अभिभावक स्वयम्ले तिर्नुपर्ने गरी यो कार्यक्रम लागू भएको भ्mउबललभििभम कार्यक्रमका समन्वय अधिकृत थापाले बताए ।

यस्तै कार्यक्रममा अभिभावक नारायण वलीले गुणस्तरीय शिक्षा दिएको भन्दै खुसी व्यक्त गरे । विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक वातावरण, कम्प्यूटर ल्याब, दक्ष जनशक्ति रहेकोले आफ्नो छोराछोरी यहाँ अध्ययन गर्न पाउँदा निकै खुसी भएको अभिभावक वलीले बताए ।

यस्तै बैजनाथ गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष रुप बहादुर मल्लले नेपाली सेनाले राम्रो र उत्कृष्ट विद्यालय छनोट गरेको भन्दै प्रसंसा गरे । अहिले कक्षा ४ देखि १० सम्मको लागि यो विद्यालयमा अध्ययन गर्छन, ११ र १२ कक्षा नजिकैको विद्यालयमा यो कार्यक्रम लागू भयो भने कोहलपुर सम्म जानुपर्ने समस्या हट्ने सुझाव दिए ।

यस्तै दिप ज्योति सेकेन्डरी स्कुलका संस्थापक तथा प्रिन्सिपल बसुन्धरा पाण्डेले अभिभावकको मागलाई सम्बोधन भएकोले निकै खुसी भएको बताइन् । ‘व्यापार होइन समाज सेवा गरीरहेका छौं’ उनले भनीन्, ‘हजुरहरुको समस्याको सम्बोधन पनि गरिरहेका छौं ।’ हजुरहरु पटक पटक राझाँमा गएर दुख पाउनु भन्दा विद्यालयले नै सम्झौता गरी समस्याको समाधान गरेको उनको भनाई थियो ।

यस्तै कार्यक्रममा संस्थापक दमन पाण्डे, सह प्रिन्सिपल लक्ष्मण कुमार भट्टराई लगायत अभिभावकको समेत उपस्थिति रहेको थियो ।

 

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असार १७ गते आइतबार