चिसापानीको सफिक बस्त्रालयबाट करिब ११ हजार चाेरी गरी फरार

बैजनाथ ।

बैजनाथ गाउँपालिका १ चिसापानीको एक कपडा पसलबाट करिब नगद ११ हजार चोरी भएको छ । सफिक बस्त्रालयबाट करिब ११ हजार चोरी भएको कपडा पसलका अहमत सफिकले जानकारी दिए ।

‘बुवा पसलमा हुनुहुन्र्थो शौचालय गएको अवस्थामा चोरी भयो, पहिचान गरी कारवाहीकाे लागि प्रहरीलाई समेत खबर गरेका छौ । सफिकले भने ।