बालबालिकाको साहित्य, सिर्जना र कला : गुरु




गुरु नै हो सबै वेद
गुरु नै हो सबै पुराण
गुरुलाई गर्नु सभ्य सम्मन
गुरु नै जीवनको आधार

न त कसैलाई धनि देख्छ
न त कसैलाई गरीब
न त कसैलाई आफ्नो भन्छ
न त भन्छ पराई

आफु जति दुखि भए पनि
शिष्यलाई सुखि बनाउँदछ्
मैनबती जस्तै बलेर आफै
ज्ञानको ज्योति फैलाउँदछ ।

आदर्श व्यवहार हुन्छ गुरुको
सागर जस्तै हुन्छ ज्ञान
कसैलाई बनाउँदछ डाक्टर
कसैलाई बनाउँदछ महान ।

मुस्कान खातुन
कक्षा  : ७

शिव शक्ति आधारभूत विद्यालय
कोहलपुर २ प्रेमनगर, बाँके

प्रस्तुति : सुनिसा चन्द

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० जेठ ७ गते आइतबार