दाउरा छिटाे वितरण गर

केही दिनदेखि तराईका विभिन्न जिल्लाहरुमा चिसो निकै बढेको छ । चिसोसंगै सितलहरले निकै समस्या ल्याएको छ । बांके जिल्लाको नेपालगन्ज नगरपालिकाले कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई यहि शुक्रबारसम्म विदा दिएको पाईन्छ । ठाउँ ठाउँमा दाउराको व्यवस्था गरि चोक चोक र गल्लीमा दाउरा वितरण गरेको छ ।

कोहलपुर नगरपालिकाका १५ वटा वडामा अधिकांश ग्रामिण ठाउँमा ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकको बसोबास छ ।अत्यधिक चिसो बढेसंगै शिशु, बालबालिका तथा जेष्ठ नागरिकहरु बिरामी पर्न थाली सकेका छ्न । एकातिर कोरोना महामारीको चपेटामा परेको कोहलपुर नगरपालिका चिसोको चपेटामा परेको छ ।

कोहलपुर नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा यहि २२ गतेबाट परीक्षा सञ्चालन हुँदैछ । तर पनि केही दिन अगाडी देखि सुरु भएको हुस्सु त शितलहरको कारण यहाँका बासिन्दा तथा सडक छेउमा र त्रिपालमुनी बसोबास गर्ने मानिसहरुमा निकै समस्या देखिएको छ । यस्तो अवस्थामा के योजना ल्याउदै छ कोहलपुर स्थानीय सरकार । दाउरा तत्काल वितरण गरेर कोहलपुर स्थानीय सरकार नत्र यहींका जनताहरु चिसोको कारणले मर्ने बांच्ने अवस्थामा छ्न् ।