बालबालिकाको साहित्य, सिर्जना र कला : आमा

आमा ! तिमि जन्म दिने मलाई
आमा ! तिमी प्राण दिने मलाई
आमा ! तिमी बोट म फुल त्यसको
हो दान तिमै जति छ मेरो ।

आमा ! छ तिम्रो महिमा अपार
सिद्धिन्न गए पनि बारबार
र्हदम बहाइकन प्रेमधार
दिन्छ्यौ मलाई कतिको साहारा ।

असंख्या तिम्रो गुणको निमित्त
केही कुरा छैन दिने म बाट
संसार यो जति सजाउने छु
सुपुत्री तिम्रो कहलाउने छु ।

बिग्रीरहेको बनाई दिन्छु
सारा रुनेलाई हँसाई दिन्छु
ज्ञानी भई नाम कमाई उच्च
बन्ने छु तिम्रो म सुयोग्य पुत्री ।

अञ्जली चौधरी
कक्षा : ७
शिव शक्ति आधारभूत विद्यालय
कोहलपुर २ प्रेमनगर, बाँके

प्रस्तुति : सुनिसा चन्द