बालबालिकाको साहित्य, सिर्जना र कला : असल

मन त फलाम कै असल हुन्छ,
न घात प्रति घातमा रुन्छ ।
न सयपत्री र बाबरीले बाटो थुन्छ ।

मन त फलामकै भए असल हुन्छ ।
मन त फलामकै भए असल हुन्छ ।।
कसैले चिमोट्यो ।
एक कप्टेरो त्यतै टाँसियो ।।

कसैले एउटा मुस्कान फ्याँक्यो ।
उसैको पछ्यौरीमा गाँसियो ।।
जहिले पनि जले कै छ ।
जता पनि ढलेकै छ ।।

मनको वह कसैसित नपोख ।
कसैले बुउँछ्, कसैले सुन्छ ?
मन त फलामकै भए असल हुन्छ ।
मन त फलामकै भए असल हुन्छ ।।

वसन्तमा वन फुल्यो मन उतै भुल्यो ।
बैसले जाउँ है भन्न लाग्यो पीर झ्न ठुलो ।।
आकाश देख्यो आकाश जत्रै ।
बतास चल्यो बतास जस्तै ।।

नौनी जस्तो मरो मनलाई ।
जसले पायो उसले छुन्छ ।।
त्यसैले पनि मन त ।
फलामकै भए असल हुन्छ ।।

मुस्कान खातुन
कक्षा : ६
शिव शक्ति आधारभूत विद्यालय
कोहलपुर २ प्रेमनगर, बाँके

प्रस्तुति : सुनिसा चन्द