बालबालिकाको साहित्य, सिर्जना र कला : नेपाल

आँखामा घुम्छ नेपाल मेरो दिलमा नेपाल,
घाम र पानी छाँयामा घुम्छ नेपालै नेपाल ।

तराई मेरो उबेर चुली चुलीलाई चुम्दछ,
बुद्धको ज्ञान लुम्बिनी संसारै घुम्दछ ।

मेची र महाकालीले दिन्छन् उज्यालो वरदान,
र्धम र कर्म हजारौँ तर एउटै भगवान् ।

धान, गहँु र जौँका बाला बालामा भूmल्छु म,
गुराँस, बली र चमेलीसीत वनमा भुल्छु म ।

बनेर ज्ञानी र स्वाभिमानी देखाइ दिन्छु शान,
धर्तीलाई पसिना दिन्छु आमालाई दिन्छु प्राण ।

देशको माया मधुर हुन्छ मधुर हुन्छ गीत,
सुन्दर भाषा सुन्दर भेष सुन्दर मेरो रीत ।

सगरमाथा शिरमा सिपै सिपको मजुर,
नेपाललाई सिपले धुन्छु हे मेरो नेपाल ।

नाम : अन्जली चौधरी
कक्षा : ६
शिव शक्ति आधारभूत विद्यालय
कोहलपुर २ प्रेमनगर, बाँके

प्रस्तुति : सुनिसा चन्द