बालबालिकाको साहित्य, सिर्जना र कला : हामी नेपाली




सबै जाति धर्म मिली बस्ने हामी नेपाली,
कसैको सामु नझुक्ने वीर गोर्खाली ।

साँग, सिस्नो खाए पनि आनन्दले बाँच्ने,
हामी गरिब सबैसँग माया मोह साँच्ने ।

खेती किसान गरेर नी आफ्नो जहान पाल्ने,
देशको हित गर्नलाई जस्तोसुकै पाइलाहरु चाल्ने ।

बचाएका छन् देश शहिदले आफै मरिमरि,
नेपालमा रितिथिति सँस्कृति छन् थरिथरी ।

सबै मान्छे मीली बस्ने फुलबारी झैँ देश,
फरक फरक जाति धर्म फरक फरक भेष ।

नेपालीले गरेको छन् उन्नति र प्रगति,
भेषभुषा जातिधर्म छन् कतिकति ।

आफ्नो काममा आफै रमाई बस्ने नेपाली,
कसैको सामु नझुक्ने हामी विर गोर्खाली ।

नाम : सृष्टि बुढा मगर
कक्षा : ८
शिव शक्ति आधारभूत विद्यालय
कोहलपुर २ प्रेमनगर, बाँके

प्रस्तुति : सुनिसा चन्द

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असार ७ गते बिहीबार