टोन्टा फाउन्डेसनद्वारा नागरिक बचाउ अभियान बाँकेमा सुरु

कोहलपुर ।

टोन्टा फाउन्डेसनले नागरिक बचाउ अभियान बाँकेमा सुरु गरेको छ । नेपालका विभिन्न जिल्लाका काम गर्दे आइरहेको टोन्टा कमर्सियल ग्रुपबाट सञ्चालित टोन्टा फाउन्डेसनले अहिले बाँके जिल्लामा पनि आफ्नो अभियान सञ्चालन गर्न लागेको कोहलपुर टुडेलाई जानकारी दिएको छ ।

आज बैजनाथ गाउँपालिका वडा नम्बर ४ गौरिडाडामा रहेको तिलकला बस्नेतको घरपरिवारलाई राहत सहयोग गरेको छ । उनको तीन छोरा रहेका छन् । उनका एक छोरा भने अहिले सम्म बेपत्ता छन् भने कान्छो छोराको भने दुवै किट्नी फेल भएर डायलासिस गरिरहेको अवस्था छ ।

टोन्टा कमर्सियल ग्रुपका कोहलपुर शाखाका प्रमुख प्रकाश एसकेका अनुसार सडकदेखि झुपडीमा रहेका अति विपन्न मानिसहरुको सहयोग गर्दै आइरहेको बताए । बाँके जिल्लामा भखरै मात्र सुरुवात गरेको बताए ।

यस्तै बैजनाथ गाउँपालिका वडा नम्बर ४ गौरिडाडामा रहेका विपन्न परिकारका एक तिलकला बस्नेतलाई १ बोरा चामल, दुई पोका तेल, २ केजी दाल ३ केजी आलु, दई केजी व्याज, स्वायविन १ पोका वितरण गरिएको थियो ।