बालबालिकाको साहित्य, सिर्जना र कला : जुनियर तथा युवा रेडक्रस अभियान

दुःख पर्दा साथ दियौ तर न केही लियौँ,
कोरोनाको माहामारीमा हाम्रो साथमा तिमी नै थियौं ।

आपत पर्दा तिमीले नै सधै-सधै मद्धत दियौँ,
अपाङ्गलाइ माया त भोकलाई गाँस दियौँ ।

तिम्रो लागि न त कुनै जाती भाषा न त कुनै धर्म,
सधै तिमी तयार हुन्छौँ मानिसको मद्धत गर्न ।

सेवा नै धर्म तिम्रो मद्धत नै कर्म,
सधै तिमी तयार हुन्छौँ मानिसको घाउ भर्न ।

रक्षा गछौँ तिमीले महिला, बाबु र नानीको,
इज्जत गर्छु तिम्रो सधै मद्धत गर्ने यो बानीको ।

रेडक्रस मानिसको रक्षाको बाटो हो,
रेडक्रसबाट मद्धत पाउने हाम्रो अधिकार ।

के सोच्छु भने सबै मानिसको मद्धत गरु,
सधै तयार हुन्छौँ मद्धत गर्न रेडक्रसका युवाहरु ।

सुख, शान्ति र मायाले जिवन बन्छ,
अर्काको खुसीलाई आफ्नो खुसी भन्छ ।

साथीहरु एउटा कुरा राख्नुपर्छ ध्यानमा,
रेडक्रसको सदस्य मानिसको मद्धत गर्ने अभियानमा ।

जस्तै विद्यालय तयार छ ज्ञानको ज्योती छर्न,
त्यस्तै रेडक्रस तयार छ मानिसको मद्धत गर्न ।

रेडक्रसका युवाहरु वुद्धजस्तै ज्ञानी,
सधै सबको भलो गर्ने बानी ।

मद्धत गर्ने बानी छ जे जस्तो हुन्छ,
रेडक्रसले सधै यो निलो आकाश छुन्छ ।

नाम : भूपिन थापा

कक्षा : ८
शिव शक्ति आधारभूत विद्यालय
कोहलपुर २ प्रेमनगर, बाँके

प्रस्तुति : सुनिसा चन्द