कोहलपुरमा भोलीदेखि विहान ६ देखि ११ बजेसम्म विद्यालय सञ्चालन हुने




कोहलपुर ।

कोहलपुर नगरपालिकाले भोलीदेखि विहान विद्यालय सञ्चालन हुने भएको छ । अत्याधिक गर्मी भई पठनपाठनमा कठिनाई भएकाले जेठ २२ गतेदेखि ३० गतेसम्म गर्मी विदा दिइएको थियो ।

गर्मी विदा दिइएकोमा मौसम सुधार नदेखिएकोले विभिन्न मितिमा गर्मी विदा थप गरिएको थियो ।

कोहलपुरबासीले विहान ६ बजेदेखि ११ बजेसम्म कक्षा ४ देखि १० सम्मका कक्षाहरु सञ्चालन गर्दा असर नहुने भन्दै विद्यालय सञ्चालन गर्न सुझाव दिइएको कोहलपुर नगर शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

कोहलपुर नगरापालिका अन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयहरुले विहान ६ बजेदेखि ११ बजेसम्म कक्षा सञ्चालन गर्ने शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत रवि मिजारले बताए ।

सूचना हेर्नुहोस् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० जेठ ३० गते मंगलबार