Kohalpur Today Header Ads

अमेरिकी डलरसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ




काठमाडौँ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लुकाई छिपाई लैजान लागेको अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् ।

धनुषा जनकपुर उपमहानगरपालिका—१ शिवपथ स्थायी वतन भएका ४६ वर्षीय सन्तोषकुमार चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट ८ हजार ७ सय अमेरिकी डलर बरामद भएको छ ।

LIfe Ok

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट बैङ्लोर जान लागेका चौधरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा उक्त अमेरिकी डलर लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० जेठ १९ गते शुक्रबार