पर्यटन मन्त्री आले चढेको गाडी दुर्घटना, मन्त्रीसहित सबै सकुशल

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले सवार गाडी दुर्घटनामा परेकाे छ । मंगलबार धनगढीबाट महेन्द्रनगरतर्फ जादै गर्दा आले सवार सुदूरपश्चिमकाे भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयकाे सुप प्र ०१००१ झ ३३३ गाडी विपरीत दिशाबाट आइरहेको बा ४ च १३७७ काे गाडीसँग ठाेक्किदा दुर्घटना भएकाे प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरिक्षक वकिल सिंहले दुर्घटनामा कुनै मानवीय क्षति नभएकाे जानकारी दिए । उनकाअनुसार मन्त्री आले महेन्द्रनगरमा आयाेजना हुने कार्यक्रममा सहभागी हुन अर्काे गाडी चढेर त्यसतर्फ गइसकेका छन् ।