मनकामना कोहलपुर सप्ताह सत्संग धर्मजागरण महामहोत्सव-२०७९ को एक कार्यक्रमका विच समापन




भगवती पोख्रेल, कोहलपुर

कोहलपुर नगरपालिका वडा नं २ मनकामना चोक नजिक धर्मजागरण महामहोत्सव सुरु भएको छ । सुसंस्कारित समाज निर्माण गर्नका लागि रास्टृय कलाकारद्वारा भजन किर्तन झांकी प्रदर्शन सहित मनकामना कोहलपुर सप्ताह सत्संग धर्मजागरण महोत्सवको आज एक कार्यक्रमका विच समापन गरिएको छ ।

उक्त महोत्सवको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समाजसेवि राजनीतिज्ञ मुल समारोह समितिका सल्लाहकार गोपस्ल प्रसाद देवकोटाले हिन्दू धर्म र यसको महिमाको व्याख्या गर्न नसकिने वताए । उनले उक्त सत्संग धर्मजागरण महोत्सवले भारद्वाज गोत्रका मात्र नभई समस्त ईस्ट मित्र आफन्त छिमेकीका पितृहरुको उद्दार भएकोमा देवकोटा परिवार निकै खुसी भएकोमा कथावाचक पन्डित श्री गोविन्द शरण महाराज लाई विशेष धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा सम्पूर्ण भक्तजन तथा आगन्तुक पाहुनालाई स्वागत गर्दै मुल समारोह समितिका सह संयोजक नारायण प्रसाद शर्मा देवकोटाले सत्संग महोत्सवले सम्पूर्ण नेपालिको मन शान्ति हुनुका साथै सबैको घरमा रहेका समस्त पितृको स्वर्गमा बास हुने कुरामा जोड दिए । कोहलपुर नगरपालिका, २ नं वडा, ईलाका प्रहरी कार्यालय कोहलपुर, प्रहरी विट कौशिलानगर लगायत सम्पूर्ण भक्तजन आफन्त पाहुन, पन्डित ब्राह्ममण आफ्न्तजन प्रती आभार व्यक्त गरे । उनले काठमाडौ, रुकुम, सल्यान, दाङ, जाजरकोट, नेपालगन्ज लगायतका विभिन्न ठाउँबाट पाल्नु भैइ ब्रहा मन्दिर निर्माणका लागि शिलालेखमा नाम लेखाउने, दान गर्ने सम्पूर्ण प्रती आभार व्यक्त गरे ।

कार्यक्रमका विशिस्ट अतिथि एवम् कथावाचक गोविन्द शरण महाराजले सत्संग महोत्सव उल्लासमय र ऎतिहासिक बनेको र सबैको मनोकामना पूरा हुने विचार व्यक्त गरे । उनले महा महोत्सव लाई देश तथा विदेशमा सम्प्रेषण गर्नु हुने सन्चारकर्मी प्रती आभार व्यक्त गरे । उनले विशेषगरि कोहलपुर टुडे अनलाइनप्रती आभार व्यक्त गरे । उनले कार्यक्रम लाई भव्य र सभ्य बनाउन पहल गर्ने सम्पूर्णप्रती आभार व्यक्त गरे ।


कार्यक्रममा बोल्दै मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उप प्राध्यापक एवम् पन्डित एकराज शर्माले श्रीमद भागवत महायज्ञ श्रवण गर्दा घरमा सुख, शान्ती, समृद्धि र प्रगती हुने, सपनामा बहकिने नहुने, घरका पितृहरुले स्वर्ग, वैकुण्ठ बास हुने, मुक्ती मिल्ने, आफन्त सन्ततिको लक्ष्य र उद्देश्य पूरा हुने भएकोले सबै गौरवान्वित भएको खुसी व्यक्त गरे । उनले भार्द्वाज गोत्रका पित्री मात्र होइन सबैका पितृको समेत उद्दार हुने विश्वास दिलाए । कार्यक्रममा कथावाचक गोविन्द शरण, उपवाचक दिपक पन्थी, ख्याती प्राप्त कलाकार मन्डलका संयोजक पन्डित देवेन्द्र उपाध्याय, पन्डितहरु नन्दकुमार शर्मा आचार्य, ऐकदेव आचार्य लाई सम्मान गरिएको थियो । कार्यक्रमको सन्चालनको भूमिका निर्वाह गर्ने कार्यक्रम सन्चालक एकराज शर्मालाई समेत सम्मान पत्रद्वारा कथावाचक गोविन्द शरणबाट सम्मान गरिएको थियो ।

 

उक्त सत्संग महोत्सवमा कोहलपुर टुडे अनलाइन लगायत कुस!अनलाइन मिडिकर्मीहरु डि वि शाही, कल्पना कार्की, सर्जन रोकाय कोहलपुर भगवती पोख्रेललाई समेत सम्मान गरिएको मुल समारोह समितिका कोषाध्यक्ष वसन्त देवकोटाले जानकारी दिए । कार्यक्रममा पांच लाख बढी रकम संकलन भएको छ । उक्त संकलित रकमबाट ब्रहा मन्दिर निर्माण गरिने मुल आयोजक समिति सदस्य बाल कुमार शर्मा देवकोटाले जानकारी दिए । हरि प्रसाद देवकोटाको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन एकराज शर्माले गरेका थिए ।

प्रकाशित मिति : २०७९ चैत २२ गते बुधबार