१३ औं क्रिसा रनिङ्ग शिल्ड : उत्कृष्ट २५ तस्बिर

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा १३औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । संस्थागत विद्यालयहरुको संगठन क्रिसाको आयोजनामा भएको १३औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिताको कोहलपुर नगरपालिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि पूर्ण प्रसाद आचार्यले उद्घाटन गरी सुरु भएको हो ।

उद्घाटन गर्दै नगर प्रमुख आचार्यले शिक्षालाई प्रभावकारी बनाउनका लागि विद्यार्थीलाई स्वस्थ र सक्षम बनाउनुपर्नेमा जोड दिएका थिए । ‘कोहलपुरमा शैक्षिक हव बनाउने उद्देश्यले शिक्षामा विभिन्न कार्ययोजना निर्माण गरी काम भएको छ,’ उनले भने, ‘त्यसको प्रमुख भूमिका संस्थागत विद्यालयहरुले लिएका छन् ।’

कोहलपुरमा मेयर कप, उपमेयर कप र क्रिसाले गरिने रनिङ्ग शिल्डमा बालबालिकाले आफ्नो क्षमतालाई प्रदर्शन गरी जिल्ला, प्रदेश, केन्द्र र अन्तराष्ट्रिय स्तरमा कोहलपुरलाई पहिचान बनाउन ठुलो भूमिका रहेको भन्दै यस्ता कार्यक्रमहरु निरन्तर सञ्चालन भइरहेको नगर प्रमुख आचार्यले बताए ।

यस्तै कोहलपुर नगरपालिका भित्रका संस्थागत विद्यालयको संगठन (क्रिसा) को अध्यक्ष तथा कार्यक्रमका सभापति बेगम चन्दले संस्थागत सम्पूर्ण विद्यालयहरुले खेल सप्ताह र रनिङ्ग शिल्ड प्रतियोगिता निरन्तर गरिरहेको बताए । कार्यक्रम सञ्चालन क्रिसाका सचिव प्रकाश मल्लले कार्यक्रम सञ्चालन गरेका थिए । ६ गतेबाट सुरु भएको रनिङ्ग शिल्ड प्रतियोगिता ८ गतेसम्म चल्ने छ । प्रतियोगिता ४२ वटा विद्यालयहरु सदस्य रहेका छन् भने जसमा ३२ वटा विद्यालयहरुले सहभागि जनाएका छन् ।