बर्दिया । जिल्लाको बारबर्दिया नगरपालिका औरी निवासी ६ वर्षीया बालिकाको शव बबइ नदीको नहरमा फेला परेको छ । नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले खोजतलासका क्रममा बालिका देवीका खनालको शव फेला पारेको हो ।
शनिबारदेखि हराइरहेकी बालिकाका बावु विष्णु खनालले आइतबार प्रहरी चौकी कर्तनियामा आफ्नी छोरी हराएको जानकारी दिएलगत्तै प्रहरीले खोजतलासको कार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक चक्रबहादुर डमरपालले जानकारी दिए ।
लामो समयदेखि बेपत्ता बालिका बबइ सिंचाइ आयोजनाको नहरमा पाँचौं दिनमा बुधबार दिउँसो मृत अवस्थामा भेटिएकी हुन् । घरदेखि ५ सय मिटर पश्चिम नहरको अन्डर ग्राउण्डभित्र बालिकाको शव भेटिएको हो । पोष्टमार्टमका लागि शव बर्दिया अस्पताल पठाइएको प्रहरी निरीक्षक डमरपालले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्