मोटरसाइकलको ट्यांकीबाट स्रोत नखुलेको ३८ लाख रुपैयाँ बरामद




धनुषा ।

धनुषाको जटहीबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ मोटरसाइकलको ट्यांकीमा लुकाएर ल्याउँदै गर्दा स्रोत नखुलेको रुपैयाँ प्रहरीले बरामद गरेको हो ।

चेकजाँचको क्रममा प्रहरीले मोटर साइकलको ट्यांकीभित्र लुकाएर ल्याउँदै गरेको स्रोत नखुलेको रुपैयाँ बरामद गरेको हो । प्रदेश २–०२–००१ प ०४८८ नम्बरको अपाची मोटर साइकल चेकजाँच गर्दा स्रोत नखुलेको रुपैयाँसहित धनुषाको लक्ष्मिनिया गाउँपालिका-२ का अमित यादव पक्राउ परेका हुन् ।

नंम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरी र बोर्ड आउट पोस्ट (बीओपी) जटहीको संयुक्त टोलीले यादवलाई स्रोत नखुलेको रुपैयाँसहित पक्राउ गरेको हो । चेकजाँचको क्रममा सशस्त्र प्रहरीले ट्यांकीभित्र लुकाएको अवस्थामा ३८ लाख ३५ हजार रुपैयाँ बरामद गरेको हो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस २२ गते बिहीबार