Kohalpur Today Header Ads

बहुमूल्य वीर्य भएको संसारकै धनी राँगो, जसले हरेक महिना कमाउँछ ४० लाख




थाइल्याण्डमा एउटा राँगो चर्चामा छ । यो राँगोले आफ्ना मालिकका लागि हरेक महिना मनग्य आम्दानी गरिदिने गरेको छ ।

उक्त भाले अर्नाको वीर्य यति महंगो छ कि त्यसले गर्दा उसका मालिक करोडपति बनिसकेका छन् । उनले राँगोको वीर्य बेचेरै मासिक ४० लाख रुपैयाँ कमाइरहेका छन् । उक्त राँगोको वीर्यलाई भैंसीमा नश्ल सुधारका लागि प्रयोग गर्ने ग्रिएको छ ।

आफ्नो राँगोको वीर्यबाट मासिक लाखौं कमाइ गरिरहेका किसानको नाम हो मोंगकोल मोंगफेट । उक्त बहुमूल्य वीर्यधारी राँगोको नाम बिग बिलियन हो । उनले आफ्नो राँगोलाई विभिन्न प्रदर्शनी तथा प्रतियोगितामा पनि लैजाने गर्दछन्, जहाँ बिग बिलियनले धेरैपटक पुरस्कार जितिसकेको छ ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

मोंगफेटसँगै यस्तै जातका २० वटा राँगा र भैंसी छन् । कलासिन सहरमा बस्ने मोंगकोलका अनुसार बिग बिलियनलाई खरिद गर्न चाहने मानिसको ताँती छ । एक जना किसानले त उक्त राँगोका लागि १२ करोड रुपैयाँ दिने प्रस्ताव गरेका थिए, तर उनले बेचेनन् । मोंगकोलले उक्त राँगो करिब १९ लाख रुपैयाँ मूल्यमा किनेका थिए । तर त्यो राँगाले उसको कुल मूल्यको दुई गुणा रकम त हरेक महिना नै कमाइदिने गरेको छ ।

एजेन्सीको सहयोगमा

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ माघ ६ गते शुक्रबार