Kohalpur Today Header Ads

गोरखामा मिनि ट्रक दुर्घटनामा ३ जनाकाे मृत्यु




काेहलपुर ।

गोरखाको धार्चे गाउँपालिका–५ माछाखोला नजिकै शुक्रवार भएको मिनिट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । चालक धादिङ जिल्लाका निराजन नेपाल, ट्रकमा सवार दिपक परियार र दुई वर्षीया बालिका सपना गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाल र परियारको घटनास्थलमै मृत्यु भएको र बालिकाको भने उपचारको क्रममा मृत्यु भएको डिएसपी प्रकाश दाहालले बताए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

दुर्घटनामा घाइते भएका आशमान गुरुङ, अस्मिता गुरुङ, सरानी गुरुङलाई थप उपचारका लागि प्रभु एयरको हेलिकप्टरबाट काठमाडौंको शिक्षण अस्पताल लगिएको डीएसपी दाहाले बताए ।

आरुघाटबाट रड र सिमेन्ट लिएर माछाखोला जाँदै गरेको बा ५ ख ६५६६ नम्बरको मिनि ट्रक सडकबाट एक सय मिटर तल खसेर दुर्घटना भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस १६ गते शुक्रबार