Kohalpur Today Header Ads

केन्द्रीय निर्वाचन समितिले आज निर्णय गर्ने, सानेपामा ठुलो संख्यामा प्रहरी परिचालन




डडेल्धुरा  ।

डडेल्धुरा कांग्रेसमा देखिएको विवाद समाधान गर्न केन्द्रीय निर्वाचन समितिले आज निर्णय गर्ने भएको छ। डडेल्धुरामा यसअघिका जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षविनै वडादेखि जिल्ला अधिवेशन भएपछि उक्त अधिवेशनहरू लाई मान्यता नदिन माग गर्दै तीन वटा निवेदन परेका थिए।

मल्ललगायत नेताहरू पार्टी कार्यालयमा रिले अनशन बसिरहेका छन्। निर्वाचन समितिले मल्ललगायतसँग पनि छलफल गरेको छ। साथै डडेल्धुरा अधिवेशन खारेज गर्न परेका निवेदनमाथि केन्द्रित रहेर आज निर्वाचन समितिले निर्णय दिने तयारी गरेको छ। निर्वाचन समितिका एक सदस्यले आज डडेल्धुराबारे केही निर्णय आउने बताए।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

निर्वाचन समितिले निर्णय दिने भएपछि सानेपामा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ। डडेल्धुरामा क्रियाशील सदस्यतादेखि नै विवाद थियो। यही कारणले यसअघिका केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएपछि सभापति शेरबहादुर देउवाले नयाँ संयोजक तोकेका थिए।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ मंसिर १३ गते सोमबार