कोहलपुर ।
कोहलपुर नगरपालिकामा छैठौं नगर स्तरीय मेयर कप रनिङ शिल्ड प्रतियोगिता तथा पन्ध्रौं पालिका स्तरीय रास्ट्रपति रनिङ्गशिल्ड छनौट खेलकुद प्रतियोगिता सुरु भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ खेलकुद प्रतियोगिता सुरु भएको हो । शुक्रबार समन्वय समितिका संयोजक ज्ञानेन्द्र चौधरीले उद्घाटन गर्दै खेलकुद प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटनमा बोल्दै नगर प्रमुख पुर्ण प्रसाद आचार्यले आगामी हुने मेयर कपको बजेट दोब्बरले वृद्धि, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार दिने घोषणा गरेका थिए । कोहलपुर नगरपालिकाको आयोजना तथा कृष्ण माबी कौशिलानगरको संचालन र व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा कोहलपुरका सामुदायिक र संस्थागत ३७ विद्यालायका १ हजार १ सय बढी सहभागी छ्न ।
प्रतियोगिता उद्घाटन समारोहमा कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगित सुवेदी, प्रशासकीय अधिकृत टीकाराम ढकाल, वडा अध्यक्षहरु, विभिन्न राजनीतिक दलका नेताहरु लगायतको सहभागिता रहेको थियो ।






कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्