ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको अवस्था एक सन्दर्भ

कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशको प्रवेश द्धार लुम्विनी प्रदेशको केन्द्र विन्दुमा रहेको बाँके जिल्लाको कोहलपुर नगरापलिका नेपालका सबै जिल्लाका मानिसहरुको बसोवास भएको क्षेत्र हो ।

यस क्षेत्रमा बसोवास गर्ने बहुजाती, बहुभाषिक, बहुधार्मिक परम्परा बोकेका समाजका विभिन्न क्षेत्रमा क्रियाशील मानिसहरुको रुची र आवश्यकता अनुसार आध्यात्मिक, भौतिक, साहित्यक, कला संस्कृती, प्रविधी, राजनैतिक, आर्थिक, सामाजिक र ज्ञान विज्ञान जस्ता विविध विषयका पुस्तकहरु संग्रहित गरी व्यवस्थित रुपमा अध्ययन गर्ने बानिको विकास गर्न ।

विभिन्न जातजाती, भाषा भाषी, धर्र्म, वर्ग लिंग, पेशा र क्षेत्रका समुदायहरु बीच सुमधुर एवं अन्योन्याश्रित सम्वन्ध कायम गरी आर्थिक सामाजिक, साँस्कृतिक र शैक्षिक तथा सामुदायिक विकास अभिवृद्धि गर्दै निस्वार्थ सेवाबाट सहयोगको भावना जगाई समाजलाई सीपमुलक प्रविधीको विकास संगै अगाडि बढाउन सामुदायिक पुस्तकालय तथा समाजिक संस्थाको आवश्यकता महशुस गरी वि.सं. २०५८ सालमा कोहलपुरका समाजसेवी, शिक्षा प्रेमीहरु केशव सिग्देल, गणेश ढकाल, युवराज उपाध्याय, नारायण प्रसाद गौडेल, रेशमलाल पोखरेल, जिवलाल ढकाल, स्व.ऋषिराम शर्मा चापागाई लगायतको सक्रियतामा ज्ञानोदय सामुदायिक पुस्तकालय नामक शैक्षिक संस्था जिल्ला शिक्षा कार्यालय बाँकेसंग अनुमतिलिइ संचालन भएको पाइन्छ ।

स्थापना कालमा तरुणदल कोहलपुरको कार्यालय भित्र आफ्नो कार्यालय स्थापना गरी संचालन गरेको भएतापनि पछि आफ्ै कोठा भाडामा लगि कार्यसंचालन गरेको थियो भने २०६४ सालमा आइपुग्दा कोहलपुर नगर विकास समिति, रिड नेपाल, जिल्ला विकास समिति, कोहलपुर गा.वि.स.लगायत विभिन्न संघसंस्था, समाजसेवी शिक्षा प्रेमीहरुको साथ सहायोगमा कोहलपुर नगर विकास समितिले भोगचलनमा न्यूरोड चोकमा दिएको १ कठ्ठा जमिनमा आफ्नै भवन बनाउन सफल भएको पाइन्छ । यस पुस्तकालयलाई स्थापना कालदेखि पुस्तकालय व्यवस्थापन सम्बन्धि प्राविधिक सहयोग साथै समुदायको आवश्यकता अनुसारका विधिन्न कार्यक्रमहरु मार्फत रिड नेपालले सहयोग गर्दै आइरहेको छ ।

यो पुस्तकालय स्थापना कालमा जिल्ला शिक्षा कार्यालय बाँकेसंग अनुमति लिइ संचालन भएको भएता पनि वि.सं. २०७१ सालमा संस्था दर्ता ऐन २०३४ अन्तर्गत जिल्ला प्रशासन कार्यालय बाँकेमा समेत ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको नाममा दर्ता गरिएको थियो भने २०७३ सालमा समाजकल्याण परिषद र स्थानिय सरकार कोहलपुर नगरपालिकामा समेत दर्ता भएको छ । बाँके जिल्ला भरी कार्य क्षेत्र भएको यस पुस्तकालयमा नेपालीहरुमा मात्र नभएर विश्वका कुनैपनि देशका मानिसहरु आएर पढ्न वा सुविधा लिनको लागि निःशुल्क व्यवस्था रहेको छ ।

हाल पुस्तकालयमा २५ देखि ३० जना संगै बसेर पढ्न सकिने वाचनालय सहितको पुस्तकालय कक्ष, २५/३० जना खेल्न पढ्न मिल्ने विभिन्न पुस्तक खेल सामाग्रीहरु सहितको बालकक्ष, ८ वटा कम्प्युटर इन्टरनेट तथा वाइफाई सुविधा सहितको कम्प्युटरकक्ष, विभिन्न बाद्यवाधन तथा खेल सामाग्रीहरु सहितको युवा खेलकुद तथा संगितकक्ष, विभिन्न जनचेतनामुलक सुचनाहरु सहितको सुचना प्रविधिकक्ष, १५० जना मानिसहरु बसी कार्यक्रमहरु गर्न मिल्ने सभाकक्ष, सबै तलामा शौचालय तथा खाने पानी सुविधा, पाठकहरुको सुरक्षाको लागि सि.सि क्यामोरा, पाठकहरुको सुविधाका लागि सःशुल्क प्रिन्ट तथा फोटोकपि सुविधा जस्ता सुविधाहरु उपलब्ध छन् । साथैे समुदायमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु जस्तै ः प्राविधिक ज्ञानसेवा कार्यक्रम मार्फत कृषि, पशुपालन, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, कानुन, मानव स्वास्थ्य जस्ता कार्यक्रमहरु साथै मानव बेचविखन, बालविबाह जस्ता सामाजिक कुरितहरुका विरुद्ध जनचेतनामुलक कार्यक्रमहरु, दियो परियोजना मार्फत सुरक्षित बैदेशिक रोजगार सम्बन्धि जनचेतनामुलक कार्यक्रम संचालन गर्दै आइरहेको छ । भने प्रत्येक वर्ष राष्ट्रिय पुस्तकालय दिवस भदौ १५ को अवसर पारी रक्तदान कार्यक्रम, नियमित पाठक तथा पुस्तकालयको क्षेत्रमा सहयोग गर्ने शिक्षा प्रेमी समाजसेविलाई सम्मान गर्दै आइरहेको छ ।

साथै स्थानिय निकाय विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुसंगको समन्वयमा विभिन्न साहित्यक गतिविधिहरु, विद्यालयका बालबाललिकाहरुका लागि चित्रकला, वक्तृत्वकला, हाजिरी जवाफ, खेलकुद प्रतियोगिताहरु समेत गर्दै आइरहेको छ । यस पुस्तकालयले विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड–१९ को लकडाउनको समयमा समेत मानिसहरु घरमै बसेर पढ्ने व्यवस्थाको लागि पुस्तक आदान प्रदानका लागि मात्र नियमित पुस्तकालय खोली सेवा दिएको थियो ।

भने रिड नेपालसंगको सहयोग तथा सहकार्यमा कोहलपुर नगरपालिका भित्र बसोवास गर्ने दैनिक ज्याला मजदुरी गर्ने, अपाङ्गता भएका, जेष्ठ नागरिक, एकल महिलाहरु लाई समेत खाद्यान्न तथा स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउनुका साथै वडाहरुमा रहेका स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु समेत हस्तान्तरण गरेको थियो ।

पुस्तकालय प्रत्येक दिन बिहान १०ः०० बजे देखि बेलुका ५ः०० बजे सम्म र शनिबार समेत बिहान १०ः०० बजे देखि दिउँसो ४ः०० बजे सम्म खुला रहन्छ भने आईतवार बन्द हुने गर्दछ । यस पुस्तकालयको पुस्तकालयकक्षमा विभिन्न राष्ट्रिय, स्थानिय, दैनिक साप्ताहिक, मासिक पत्र पत्रिकाहरु विभिन्न विद्याका १२ हजार भन्दा बढि पुस्तकहरु पुस्तकालय खुलेको समयमा पुस्तकालयमा बसेर पढ्ने सुविधा छ ।

भने निश्चित धरौटी रकम जम्मा गरी पुस्तकहरु घरमा लगेर समेत पढ्न पाउने व्यवस्था छ । जुन धरौटि रकम पुस्तक आएमा पुरै फिर्ता गरिन्छ । यदि आफुले पढ्न चाहेको पुस्तक पुस्तकालयमा छैन भने नाम टिपाएमा पुस्तकालयले पुस्तक खरिद गर्दा प्राथमिकतामा राखेर खरिद गरी ल्याउने समेतको व्यवस्था छ । त्यसैगरी बालकक्षमा बालबालिकाहरु बसेर पढ्न खेल्न सक्छन् भने कोहलुर नगर शिक्षाको बाल शिक्षा कक्षा अन्र्तगत विद्यालय जानु पूर्वका बालबालिकाहरुका लागि विहान १०ः०० बजे देखि ३ः०० बजे सम्म कक्षा समेत संचालन गरिएको छ । कम्प्युटरकक्षमा ८ वटा कम्प्युटरमा इन्टरनेट र वाइफाई आफ्नो अनुकुलता अनुसार बसेर चलाउन सकने सुविधा छ ।

युवा खेलकुद तथा संगित कक्षमा हार्मोनियम, पियानो, तबला, मादल, बाँसुरी बाद्यवादन तथा संगित सामाग्रीहरु छन् भने चेस, लुडो, व्यटमिन्टन, भलिबल लगायतका विभिन्न खेल सामाग्रीहरु समेत रहेका छन् । सूचना तथा प्रविधि कक्षमा, कृषि, पशुपालन, विपद् व्यवस्थापन, जलवायु परिवर्तन, मानव बेचविखन विरुद्ध, बाल विबाह, बैदेशिक रोजगार सम्बन्धि जनचेतनामुलक सूचनाहरु, भिडियो, अडियो, विभिन्न पुस्तकहरु, पर्चा, पम्पलेट, फ्ल्यासबोर्डकरु उपलब्ध छन् जहाँ आफुलाई कुनै विषयमा जान्न मन लागेमा जिज्ञासा टिपाउन सकिन्छ र त्यस्ता जिज्ञासाहरु विभिन्न माध्यमबाट सम्बोधन गरिन्छ । यदि पुस्तकालयबाट सम्बोधन हुन नसकेको जिज्ञासाहरु विषय विज्ञको सहायतामा समेत सम्बोधन गरिन्छ ।

कोहलपुर महत्वपूर्ण ब्यापारिक केन्द्र न्युरोड चोकमा नगर विकास समितिकोहलपुरले भोगचलनको स्वामित्व दिएको १ कट्ठा जग्गामा विभिन्न सरकारी तथा गैरसरकारी निकाय तथा संघसंस्था, व्यापारी, समाजसेवि, शिक्षा प्रेमिहरुको सहयोगमा बनेको ३ तलाको भवनको भुइतलामा रहेका ३ वटा सटर भाडाबाट हुने आम्दानी तेस्रो तलामा रहेको सभाहल भाडाबाट हुने आम्दानी, सदस्यता शुल्क बाट हुने आम्दानी, विभिन्न सरकारी तथा गैरसरकारी निकाय बाट सहयोग प्राप्त रकम, संघ संस्थाहरुको दिएको सहयोगमा प्राप्त भएको रकम यस पुस्तकालयका आम्दानिका स्रोतहरु रहेका छन् ।

यस पुस्तकालयमा संस्थागत, आजिवन र साधारण गरी जम्मा ९३० सदस्यहरु रहेका छन् जसबाट प्रत्येक ३ वर्षको लागि १३ जनाको संचालक समिति छनोट हुने गरेको छ । हाल यहाँ ३ जना पूर्णकालिन कर्मचारिहरु कार्य गर्दै आइरहेका छन् ।

विगत १० वर्ष देखि रिड नेपालको सहयोगमा पुस्तकालयको कार्यक्षेत्र भित्र विभिन्न कार्यक्रमहरु संचालन हुदै आइरहेका छन् । जस अन्तरर्गत विभिन्न ठाउँहरुमा कृषक समुह, किशोरी समुह, युवा समुहहरु बनाई कृषि, पशुपालन, जलवायु परिवर्तन, विपत ब्यवस्थापन, बालविबाह, मानव बेचविखन, बैदेशिक रोजगारी लगायतका विषयमा समुदायमा उठेका जिज्ञासाहरुलाई समुह छलफल, रेडीयो तथा भिडियो सामाग्रीहरु प्रर्दशन, अन्तरक्रिया, प्रयोगात्मक, तालिम, मार्फत समुदायमा गएर सम्बोधान गर्दै किसानहरुको आया आर्जनमा टेवा पुर्‍याउनुका साथै समुदायमा प्राविधिक ज्ञानहरु प्रदान गर्दै आइरहेको छ ।

जसले पुस्तकालय पढ्न सक्ने मानिसहरुका लागि मात्र नभई कृषक, मजदुर, व्यापारी लगायत सवै वर्गका मानिसहरुको हो भन्ने भावना विकास गरेको छ । यस पुस्तकायले समाजमा रहेका कुरिति विसंगति र सामाजिक सरोकारका विषयमा बोल्न र लेख्नु पर्छ भन्ने मान्यताका साथ यसका गतिविधि अगाडी वढेका छन् । यस पुस्तकालयमा विगतका वर्षहरुमा दैनिक झण्डै १०० जना भन्दा बढि पाठकहरुको उपस्थिती हुने भएतापनि पछिल्लो समयमा नियमित पाठकहरुको संख्या घटेको पाइन्छ । जसको मुख्यकारण विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमण र बढ्दो सुचना प्रविधिको प्रयोग हुन सक्दछ ।

बढ्दो सूचना प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै यस पुस्तकालयलाई ई–पुस्तकालयको रुपमा विकास गर्नुपर्ने, पुस्तकालयलाई अपाङ्गमैत्री बनाउन पर्ने, पुस्तकालयलाई आधुनिक प्रविधि मैत्रि बनाउन पुस्तकालय प्रशासन, आर्थिक परिचालन जस्ता अन्य आवश्यक नीति नियमहरु बनाउनुपर्ने यस पुस्तकालयका आजका आवश्यकताहरु हुन् ।
ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुर क्षेत्रकोे विकास र सम्मृद्धीमा टेवा पुर्‍याउँदै आइरहेको साझा सम्पती हो ।

यो पढाई सकेर बसेका विद्यार्थी, पेन्सन रिटाएर जागिरेहरु, विद्यालयबाट टाढा रहेका मानिसहरु, पत्रकार, शिक्षाप्रेमी, कृषक, ब्यापारी, मजदुर, शिक्षक, प्राध्यापक, विद्यार्थी, समाजसेवी, राजनीतिक व्यक्तित्वहरु, साहित्यकार बौद्धिक व्यक्तित्व लगायतका मानिसहरुको जमघटहुने थलोका रुपमा रहेको छ । यस पुस्तकालयको समग्र विकास गराउँनका लगि यस पुस्तकालयमा एक अनुसन्धान केन्द्र स्थापित गर्न आवश्यक छ । विभिन्न क्षेत्रका विविध समस्याहरुलाई केलाउँदै आवश्यक अनुसन्धान मुलक प्राज्ञिक, शैक्षिक जर्नल प्रकासन गरी आम समुदाय समक्ष त्यस खालका मुद्धाहरु उठान गर्नु आवश्यक छ । पुस्तकालयलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्न विभिन्न विश्वविद्यालयका अनुसन्धान गर्ने विद्यार्थीलाई प्रोत्साहनका कार्यक्रमहरु ल्याउन आवश्यक छ ।

भने खुल्ला विश्वविद्यालयका कक्षाहरु यसै पुस्तकालय मार्फत संचालन गर्न सके झनै प्रभावकारी हुन देखिन्छ । यस पुस्तकालयलाई शिक्षाको स्रोत केन्द्र तथा अनुसन्धान केन्द्रको रुपमा विकास गरी ए ग्रेडको पुस्तकालय बनाउन पुस्तकालय नियमावली अनुसारका विभिन्न कक्षहरुको व्यवस्थापनपन गरी आधुनिक पुस्तकालयका रुपमा विकास गर्न आम सरोकारवाला निकायहरुको ध्यान जानु जरुरिछ ।

लेखक :  ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरमा विगत १० वर्ष देखि कम्प्युटर अपरेटर पदमा कार्यरत छन् ।