सवारी दुर्घटनामा ज्यान गुमाएका खत्रीको परिवारलाइ कर्जा सहुलियत बिमा रकम




 

 

मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ चिलहरियाका पदम राज खत्रीको परिवार लाई उपकार लघुवित्त वित्तिय संस्था विनौना शाखाले बुधबार मृत्यु दावी भुक्तानी गरेको छ । लघुवित्तबाट कर्जा लिएवापत सदस्य परिवार ले पाउनुपर्ने कर्जा सहुलियत बिमा रकम बापत प्राप्त हुने सो रकम राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुले खत्रीको परिवार लाई सो रकम हस्तान्तरण गरेकी थिइन । उनकी श्रीमती नन्दा खत्रीलाइ ८ लाख ७७ हजार ३ सय ६१ रुपैया ६६ हस्तान्तरण गरिएको उपकार लघुवित्त वित्तिय संस्थाले जनाएको छ । सडक कालोपत्रे भएसंगै हुलाकी मार्गमा आ.ब. २०८०÷८१ मा मात्रै ८ जना सदस्य हरुले ज्यान गुमाउन परेको शाखा कर्मचारी ले जानकारी दिएका छन ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ जेठ २ गते बुधबार