सबै वडाबासीहरु सचेत भएमा वडा समृद्ध हुन्छ- वडाध्यक्ष श्रेष्ठ




नेपालगज /

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज कुरमा श्रेष्ठले वडाबासिहरु सचेत र सजग भएमा मात्रै समृद्ध वडा हुने बताएकाछन् । नेपालगन्ज उपमहानगरपालिका २ नम्बर वडाको सहयोग तथा नाईस नेपालगन्जको आयोजनामा आज भएको एक दिने क्षमता अभिबृद्धी तालिम कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।
वडा बासिहरुको आवश्यकता अनुसार वडाले काम गरिरहेको उनले बताए । क्षमता अभिबृद्धी र सचेतनाले हरेक ब्यक्तिलाइ अगाडी बढ्न हौसला प्रदान गर्ने भएकाले लक्षित बर्ग उत्थान कार्यक्रम अन्तरगत दलित समुदायलाई लक्षित गरेर तालिमको योजना गरिएको उनको भनाई थियो । उनले तालिमबाट सिकेको कुरालाई ब्यवहारमा लागु गर्न सहभागिलाई अनुरोध गरे ।
यसैगरी कार्यक्रममा बोल्दै वडा सचिब गौरी कुमारी शाहीले एक दिने क्षमता अभिबृद्धी तालिमले सहभागिहरुलाई हौसलासँगै आगाडी बढ्न उत्प्रेरणा थप्ने विश्वास ब्यक्त गरिन ।

तालिममा वडा नम्बर २ का दलित महिला सदस्य तुल्सा देबि परियारले तालिम नयाँ र हरेक ब्यक्तिलाई काम लाग्ने बिषयमा भएकाले सिकेको शिपलाई प्रयोगमा ल्याउन सहभागिलाई अनुरोध गरिन ।
वडा कार्यालयको हलमा भएको तालिममा दलित अधिकार तथा जातीय भेदभाव बिरुद्ध कानुनी ब्यवस्थाका बिषयमा अधिबक्ता तथा प्रशिक्षक विश्वजित तिवारी र स्थानीय योजना तर्जुमा प्रक्रियाका बिषयमा प्रशिक्षक हेमराज भट्टले सहजिकरण गरेका थिए ।
नाईस नेपालगन्जमा सचिब कमल बहादुर शाहीले सञ्चालन गरेको तालिममा स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश वडा सचिब गौरी कुमारी शाहीले गरेका थिए । तालिममा वडाका विभिन्न समुदायका ३५ जनाको सहभागिता रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ वैशाख ३१ गते सोमबार