कोहलपुरका किशोरीलाई आत्मरक्षा तालिम

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा महिला हिंसा न्यूनिकरण गर्ने उद्देश्यले ५ण् जना किशोरीलाई आत्मरक्षा तालिम दिइएको छ ।

देशका विभिन्न क्षेत्रका महिलामाथि हुने बलत्कार, जबरजस्ती करणी, कुटपपिट जस्ता घटना मौलाउदै गएको बेला कोहलपुर नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा किशोरीलाई तीन दिने आत्मारक्षा तालिम दिइएको हो ।

महिला तथा किशोरीहरुमाथि अझै पनि हाम्रो समाजमा धेरै घटना हुने गरेकाले त्यसको अन्त्यका लागि यो तालिमले धेरै कुरा सिकाएको नगर उपप्रमुख संगिता सुवेदीले बताइन् ।

‘बालिका, किशोरीदेखि महिलामाथि हुने दुव्र्यवहारलाई अन्त्य गर्न आफूले सिकेर मात्र होइन् सिकेका कुरालाई अन्य साथीहरुलाई सिकाउन सके राम्रो प्रभाव पर्छ।’ उनले भनिन्,  अब सबै विद्यालयमा किशोरीलाई आत्मरक्षा तालिम दिने याेजना ल्याएका छाैं ।

सुरुवाती चरणमा आक्रमणबाट कसरी बच्ने, संवेदनशील अंगमा बचावट गर्नेदेखि उल्टै प्रहार गर्ने लगायतका गतिविधि प्रशिक्षण दिइएको राष्ट्रिय खेलकुद परिषद् अन्र्तगतका सहायक प्रशिक्षक कृष्ण बहादुर चौधरी बताए ।

आफूमाथि हुने अप्रत्यक्ष र प्रत्यक्ष यौनहिंसा, दुव्र्यवहारबारे सचेतना परामर्श लिएपछि किशोरीलाई आत्मरक्षाका लागि तयार गराएको थियो । किशोरी विद्यार्थीहरूले तालिममा सिकेका ज्ञानको बारेमा छोटो–छोटो प्रस्तुति प्रदर्शन गरेका थिए ।

तालिममा नगरका १५ वटा वडाका माध्यमिक विद्यालयबाट तालिममा ५० जना किशोरीको सहभागिता रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख रिना शाहीले जानकारी दिइन् ।

सो तालिममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका घटना शाह, प्रशिक्षकद्वय सन्तोष शाह र रिना राना मगर लगायत अन्य शाखाका कर्मचारहरुको सहभागिता रहेको थियो ।