भगवती पोख्रेल, कोहलपुर ।
राप्ती सोनारी गाउपालिका वडा नं -९ मा रहेको जनता माध्यमिक विद्यालय उदाईनको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा देविराम थारु सर्वसम्मत चयन भएका छ्न । विद्यालयमा अभिभावकको भेलाले उनलाई चयन गरेको हो ।
उनी शिक्षा क्षेत्रमा करिब ३५ बर्ष शिक्षण पेशामा लागि सेवा निर्वित हुन । सबैका प्यारा देविराम विद्यालय व्यवस्थापन समितिमा चयन हुनु निकै राम्रो भएको अभिभावकले वताए ।
निवर्तमान वि.व्य.स. अध्यक्ष श्री रमेश के.सी.लगायत उहाँको समितिमा रहेका पदाधिकारीलाई विदाई पनि गरिएको छ । के सि अध्यक्ष भएर विद्यालयको मुहार फेरिएको प्रधानाध्यापक भद्र बहादुर के सिले वताए ।
भद्र केसिका अनुसार नयाँ विद्यालय व्यस्थापन समिति पदाधिकारीहरु देविराम थारु अध्यक्ष, दरिभान के.सी. सदस्य, लालबहादुर वली सदस्य, मनप्यारी थारु सदस्य, पुतली थारु सदस्य, शान्ति थारु सदस्य, राधिका सुनार वडा प्रतिनिधी, यज्ञबहादुर ओली शिक्षक प्रतिनिधी र श्री भद्रबहादुर खत्री सदस्य सचिव रहेका छ्न ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्