जनप्रतिनिधि र कृषि बजार व्यवस्थापन समितिको एक्सनः अवैध तरकारी जफत गरी भन्सारलाई बुझाए

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ११ स्थित न्यूरोडबाट भन्सार छलि ल्याइएको अवैध तरकारी जफत गरिएको छ ।

कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कल्पना अधिकारी, बजार व्यवस्थापन समितिका अध्यक्ष उदिराम वलीको संयुक्त पहलमा अवैध तरकारी जफत गरी भन्सार कार्यालय नेपाालगञ्ज पठाइएको हो ।

विहिबार बिहान करिब ४ बजेदेखि जमुनाह नाका हुँदै कोहलपुर, बैजनाथ र राप्तीसोनारीमा विक्रि वितरण गर्नका ल्यार्ईएको अवैध तरकारी कोहलपुरको न्यूरोडबाट जफत गरी भन्सार कार्यालय पठाईएको छ ।

कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कल्पना अधिकारीले भारतबाट ल्याइएको अवैध तरकारीहरुलाई रोक लगाउन खोजेका छौं, कोहलपुर टुडेसंग कुराकानी गर्दै भनीन्, ‘अब यो अभियान निरन्तर चल्नेछ ।’ ‘नेपालमा उत्पादन भएका तरकारीहरुले बजार पाएका छैनन तर भारतीय नाकाबाट अवैध रुपमा ल्याइएका तरकारीको हालिमुहाली किन ?’ भन्दै उनले प्रश्न गरेकी थिईन् ।

हामीले दैनिक रुपमा अवैध रुपमा ल्याईएका तरकारी तथा अन्य विभिन्न खाद्य बस्तुहरुलाई रोक्ने प्रयास गरिरहेका छौं यसमा सबैले सहयोग गर्नुहुन समेत आग्रह गरेकी छिन् ।

यस्तै कोहलपुरको न्यूरोडमा भारतबाट ल्याइएका अवैध तरकारी तथा विभिन्न खाद्य बस्तुहरुलाई जफत गरी राजस्व अनुसन्धान कार्यालय कोहलपुर, नगर प्रहरी र इलाका प्रहरीको संयूक्त रुपमा भन्सार कार्यालय नेपालगञ्जमा बुझाइएको कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष उदिराम वलीले जानकारी दिए ।

‘भारतबाट ल्याउने विभिन्न तरकारी आयत गर्दा विलविजक अनिवार्य हुनुपर्नेछ’ उनले भने, ‘हामीले एक ट्रक तरकारी ल्याउँदा वा अन्य ५ केजी तरकारी ल्याउँदा कर तिर्नुपर्र्छ भन्ने अनि दैनिक रुपमा एक गाडि ल्याउँदा समेत भन्सार चुप लागेर बस्न कहाँ पाइन्छ ?’ भन्सारमा तरकारीलाई करको दायरामा ल्याई विषादीयुक्त छ या छैन भनी चेकजाँच गरी मात्र विक्रि वितरण गर्ने पाउने अध्यक्ष वलीले कोहलपुर टुडेलाई जानकारी दिए ।

कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले स्वदेशमै उत्पादनमा बद्धि गरी स्थानिय तरकारीको बजारीकरणमा पहल गर्न थालेको बताइन् । भारतबाट अवैध रुपमा माछा ल्याइएको छ भन्ने सूचनाका आधारमा बजार अनुगन समेत गरेकी छिन् ।