सातै प्रदेशमा ‘श्रमाधान’ रोजगार मेला सुरु गर्दै श्रममन्त्री अर्याल




कोहलपुर ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रमाधान रोजगार मेला सुरु गर्ने भएका छन् । जेष्ठ महिनाको १७ गतेदेखि ३० गतेसम्म सातै प्रदेशमा दुई-दुई दिनको ‘श्रमाधान’ रोजगार मेला सुरु गर्ने निर्णय गरेका हुन् ।

शुक्रबार कोहलपुरमा पत्रकार भेटघाटमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले रोजगार दाता र रोजगार खोजी रहेका नेपाली नागरिकहरु विचको पुलको काम गर्नका लागि संघिय मन्त्रालय अन्तर्गत प्रदेश मन्त्रालय, निजि क्षेत्र, सर्वसाधारण नागरिक सबैको सहयोगमा यो कार्यक्रम आयोजना गर्न लागेको बताए ।

नेपालमा कस्ता कस्ता रोजगार दाताहरु रहेछन् ? त्यसको जानकारी पाउने, विदेश जाँदा कस्तो तयारी गरी जानुपर्दो रहेछ ? स्वदेशमा कस्ता कस्ता रोजगारीका सम्भावनाहरु रहेछन् ? कस्तो सिप भयो भने तुरुन्त रोजगारी पाईने रहेछ ? भन्ने बृहत सूचना यो मेलाबाट लिइनेछ । सूचना लिएपश्चात कुन क्षेत्रमा कहाँ के कस्तो किसिमको योजना र कार्यक्रम ल्याउनुपर्छ भन्ने निष्कर्षमा पुग्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री अर्यालले बताए । ‘यो हाम्रो पहिलो प्रयास हो,’ उनले भने, ‘यसलाई निति तथा कार्यक्रममा समेत लैजाने गरी तयारी गरिरहेका छौं ।’

अनलाइनबाट सही तरिकाले कागजात पेस गरेको दुई मिनेट ४४ सेकेण्डमा स्वीकृत गर्नसक्ने अवस्था भएको तर प्रविधिका समस्या, प्रणाली, विद्युत र इन्टरनेटको उपलब्धतालाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृत लिनसक्ने सकिने अवस्था ल्याएको मन्त्री अर्यालले बताए ।

सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष र सञ्चय कोषले हरेक नागरिकहरुसंग प्रत्यक्ष जोडिएर सहजता प्रदान गर्न किसिमले काम गर्ने बताए ।

प्रकाशित मिति : २०८१ जेठ ४ गते शुक्रबार