Kohalpur Today Header Ads

लोकसेवाका वैकल्पिकलाई करारमा राख्ने महानगर विज्ञापन चर्चामा, बालेनको हाइहाइ




काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाको एक विज्ञापन मङ्गलवार बिहानैदेखि चर्चामा छ । महानगरका लागि आवश्यक इन्जिनियर करारमा नियुक्त गर्दा लोक सेवा आयोगका विभिन्न विज्ञापनमा अस्थायी तथा वैकल्पिक योग्यता क्रममा भएकालाई राख्ने निर्णयले चौतर्फी प्रशंसा बटुलेको हो ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

आफ्ना तथा आफन्तको नियुक्तिबाट आजित नागरिकहरूले मेयर बालेनको निष्पक्षताप्रति उच्च सम्मान गर्दै सबैका लागि सिकाई भन्दै सामाजिक सञ्जालमा भाइरल बनाएका छन् ।

पूर्वाधार सम्बन्धका कामका लागि आयोगका विज्ञापन नम्बरहरू नै उल्लेख गर्दै महानगरले अस्थायी तथा वैकल्पिक योग्यता क्रममा भएका सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर, इलेक्ट्रिक इन्जिनियर र स्ट्रक्चर इन्जिनियर उम्मेदवारहरूलाई सात दिनभित्र निवेदन दिन भनेको थियो ।

दलीय साँघुरो घेराभित्र रमाइरहेका राजनेता तथा जनप्रतिनिधिहरूका अनौठो मोहबाट मुक्त हुन सकेकोमा स्वतन्त्रबाट मेयर बनेका बालेनको मुक्त कण्ठले प्रशंसा भइरहेको छ ।

निष्पक्षतामा बेदाग एक मात्र संस्था लोक सेवा आयोगको परीक्षामा वैकल्पिक र अस्थायी सूची परेका उम्मेदवारलाई योग्यताक्रम अनुसार करारमा नियुक्त गर्ने कार्य क्षमताको कदर र योग्यता प्रणालीको सम्मान गरेको भन्दै कर्मचारी भित्रैबाट उनको प्रशंसा भएको हो ।

 

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर २० गते मंगलबार