उदयपुर ।
मुचुल्का अनुसार मतपत्र नभेटिएको भन्दै उदयपुरको क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यको मतगणना रोकिएको छ।
मुचुल्का गरी राखिएका ३० वटा मतपेटिका खोल्दा १ सय ७ मत मतपत्र नपुगेपछि सहमतिको प्रयास खोजिएको छ । त्रियुगा, चौदण्डि र बेलका नगरपालिकाको १० वटा मतपेटिकामा प्रदेशसभा ‘ख’ को १ सय मतपत्र थप भेटिएको र प्रतिनिधिसभातर्फ १ सय ७ मत नभेटिएपछि गणना कार्यमा विवाद बढेको हो ।
मुख्यनिर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीका अनुसार सहमतिका लागि १०:३० बजे सर्वदलीय बैठक बोलाइएको छ । एमालेका उम्मेदवार मन्जुकुमारी चौधरीले मुचुल्का अनुसार मतपत्र नभेटिनुले आशंका पैदा भएको बताइन् ।
उनले उक्त मतपेटिकामा प्रदेशसभाको एक सय मतपत्र थप भेटिनु र प्रतिनिधिसभाको मतपत्र नै गायब हुनु शंकाको विषय भएको बताइन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्