Kohalpur Today Header Ads

समाचारको प्रभाव : दंगाली फार्मेसीमा आन्तरिक राजस्वको छापा




कोहलपुर ।

बाँकेमा रहेको नेपालगञ्ज मेडिकल कलेज नजिकै रहेको दंगाली फार्मेसीमा आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले छापा हानेको छ ।

बाँकेको कोहलपुरबाट प्रकाशन हुने कोहलपुर टडेले दंगाली फार्मेसीद्वारा अवैध काराेबार, स्टीमेट विल नै २५ हजारदेखि ७० हजारसम्म भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको थियो । सोही अनुसार आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले छापा हानेको छ ।

LIfe Ok

कोहलपुर टुडेले गोप्य सूचनका आधारमा दंगाली फार्मेसीमा स्टीङ्ग अप्ररेशन गरेको थियो । सो स्टीङ्ग अप्रेशनमा कानून विपरीत स्टीमेट विलबाटै २५ हजारदेखि ७० हजारसम्मका विलहरु काटेको भेटाएका थियौं ।

नेपालगञ्ज मेडिकल कलेजमा अप्रेशन गराउनुपुर्व दंगाली फार्मेसीमा २५ हजारदेखि ७० हजारसम्मको स्टीमेट विल काट्न विरामीहरु बाध्य छन् । नेपालगञ्ज मेडिकल कलेजमा अप्ररेशन गराउनुृपूर्व नै दंगाली फार्मेसीले स्टीमेल विलबाट नै उक्त रकम डिपोजिट गराउनुपर्ने विरामीहरु बाध्य रहेका छन् ।

यता आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख सरद चन्द पौडलले दंगाली फार्मेसीले कानून विपरीत नै काम गरेको भन्न अहिले मिल्दैन तर अनुसन्धानमा रहेको बताए । ‘हामीले समाचार पढेपछि सोही फार्मेसीमा छापा हानेका छौं र स्टिमेट विल र अन्य डकुमेन्टहरु समेत ल्याएका छौ’ उनले भने, ‘त्यसको अनुसन्धानबाट कानून विपरीत नै काम गरेको पुष्ठी भएपछि कानून अनुसार कारवाही गर्नेछौं ।’ समाचार प्रकाशित हुनुभन्दा पहिले हामीले जानकारी पाएको भए अझै राम्रो हुने थियो तै पनि सबै डकुमेन्ट पाएको उनको भनाई थियो ।

सम्बन्धीत समाचार

काेहलपुरमा मेडिकल माफिया सकृय, एउटै रड ५ पटकसम्म प्रयाेग, पुरानै रडलाई अठ्ठाईस हजार बढि रकम असुलि

मेडिकल माफिया चरम शोषण, बिरामीलाई बाहिरबाट खाना ल्याउँदा गेटमा ५० रुपैयाको टिकट

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस १४ गते बुधबार