कोहलपुर ।
बाँकेमा रहेको नेपालगञ्ज मेडिकल कलेजमा मेडिकल नजिकै रहेको दंगाली फार्मेसीले कानून विपरीत स्टीमेट विलबाटै २५ हजारदेखि ७० हजारसम्मका विलहरु काटेको पाइएको छ ।
नेपालगञ्ज मेडिकल कलेजमा अप्रेशन गराउँदा पहिले दंगाली फार्मेसीमा २५ हजारदेखि ७० हजारसम्मको स्टीमेट विल काट्न बाध्यछन विरामीहरु ।
कोहलपुर मेडिकल कलेज नजिकै रहेको दंगाली फार्मेसीले स्टीमेल विलबाट नै उक्त रकम डिपोजिट गराएको पाइएको छ । कोहलपुर टुडेले गरेको दंगाली फार्मेसीबाट विल काट्छन भन्ने गोप्य सूचनाका आधारमा सो फार्मेसीमा स्टिङ्ग अप्रेशन चलाएका थियौं ।

त्यो समयमा नेपालगञ्ज मेडिकल कलेजमा अप्रेशन गराउँदा पहिले नै दंगाली फार्मेसीमा २५ हजारदेखि ७० हजारसम्मको स्टीमेट काटेको भेटिएको छ ।
सोही विषयमा कोहलपुर टुडेले दंगाली फार्मेसीका प्रो. कृष्ण कुमार चौधरीसंग गरेको कुराकानीमा मलाई मासिक ५ हजार आउँछ त्यसैले मैले यस्तो काम गरेको स्वीकारेका छन् ।
नेपालगञ्ज मेडिकल कलेज भित्रबाट गुलाबी रंगको कागजमा विरामी अथवा कुरुवाको नाम लेखेर आएको हुन्छ त्यसमा कति पैसा डिपोजिट गर्ने हो सोही अनुसार डिपोजिट गरेको दंगाली फार्मेसीका प्रो.चौधरीले बताए । थप अनुसन्धान हुँदै
हेर्नुहाेस् स्टिमेट विल

Link : मेडिकल माफिया चरम शोषण, बिरामीलाई बाहिरबाट खाना ल्याउँदा गेटमा ५० रुपैयाको टिकट
काेहलपुरमा मेडिकल माफिया सकृय, एउटै रड ५ पटकसम्म प्रयाेग, पुरानै रडलाई अठ्ठाईस हजार बढि रकम असुलि
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्