मेडिकल माफिया चरम शोषण, बिरामीलाई बाहिरबाट खाना ल्याउँदा गेटमा ५० रुपैयाको टिकट

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले विरामी भेटनजाँदा समेत कुरुवाबाट एक जना कुरुवाबाट ५० रुपैया लिने गरेको पाइएको छ । दशविगाह मेडिकल कलेजमा रातीको समयमा बाहिरबाट खाना ल्याउँदा समेत ५० रुपैयाको टिकट तिर्नुपर्छ एक जना सुर्खेतका कुरुवाले भने मैले रातमा ४ पटक जति आउने जाने गर्दछु तर २ सय देखि २ सय ५० सम्मको रुपैया तिर्ने गरेको छु ।

यस्तै बर्दियाका एक जना कुरुवाले पनि यस्तै समस्या दर्शाए, उनले भने मेरो बुवा बिरामी हुनुहुन्छ, बुवालाई भेटनको लागि आफ्न्त आउनुभएको थियो तर उहाँहरुको सबैको टिकट काटे ।

हात खुट्टाको अप्रेशन गर्दा मेडिकल कलेज भित्र १० हजार बिल आउँछ तर बाहिर फार्मेसी बिल भने अठ्ठार हजार बढि रकम तिर्न बाध्य लगाउँछन यो कस्तो विडम्बना हो विरामी कुरुवा भन्छन् । जब हामी अप्रेशन गर्नका लागि रडको पैसा दिन गएको समयमा यता रड चेन्ज भैसकेको हुन्छ यो कसरी सम्भव भयो ।

यस्तै नेपालगञ्ज मेडिकल कलेजका निर्देशक भोजराज जोशीले गेटबाट रातको समयमा बढिमा दुई जना कुरुवाहरु बस्ने व्यवस्था गरेको बताए । रातीको समयमा को आउँछ को आउँछ थाहा हुँदैन त्यसैले गेट पासको व्यवस्था गरी ५० रुपैयाको टिकट लिने व्यवस्था गरेका हौं, यो विषयमा आन्तरीक छलफल गरी निर्णय दिन्छौं, उनले भने ।

यता विप्लब नेतृत्व नेकपा पार्टीले पनि ज्ञापन पत्र बुझाएको छ । हात खुट्टाको अप्रेशन गर्दा मेडिकल कलेज भित्र १० हजार बिल आउँछ तर बाहिर फार्मेसी बिल भने अठ्ठार हजार बढि रकम तिर्न बाध्य लगाउँछन यो कस्तो विडम्बना हो विरामी कुरुवा भन्छन् । जब हामी अप्रेशन गर्नका लागि रडको पैसा दिन गएको समयमा यता रड चेन्ज भैसकेको हुन्छ यो कसरी सम्भव भयो ज्ञापन पत्रमा उल्लेख छ ।

यस्तै अर्को समस्या ४ देखि ५ पटकसम्म एउटै रड प्रयोग गरेको, मेडिकलको भ्याट बिल पनि नदिने, तोकेको फार्मेसीबाट मात्र किन्न लगाउनु, गेट बाहिर र भित्र आउदा ५० रूपैयाको टिकट काट्न लगाउने जस्ता विषयमा ७ दिने अल्टिमेट समेत विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज दीपकले कोहलपुर टुडेलाई जानकारी दिएका छन् ।

याे पनि हेनुहाेस्,

काेहलपुरमा मेडिकल माफिया सकृय, एउटै रड ५ पटकसम्म प्रयाेग, पुरानै रडलाई अठ्ठाईस हजार बढि रकम असुलि