Kohalpur Today Header Ads

‘हमाल कांग्रेस मात्र होइन सबैका उम्मेदवार हुन’ : मतदाता




नेपालगन्ज ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ का स्थानीयले प्रदेश सभा सदस्य पदका उम्मेदवार सुरेन्द्रबहादुर हमाल नेपाली कांग्रेसको मात्र नभएर सबैका उम्मेदवार भएको बताएका छन् । हमाललाई कांग्रेसको उम्मेदवार भन्नुभन्दा पनि हाम्रा उम्मेदवार भनेर भोट दिनुपर्ने उनीहरुको भनाई छ ।

वडा नम्बर ११ मा मतदाता भेटघाट गर्न पुगेका हमाललाई जितको शुभकामना दिदैं आफ्नो भोट हमाललाई भएको बताए । कम बोल्ने र धेरै सुन्ने काम गर्ने उम्मेदवारका रुपमा चिनिने हमालका समर्थक यो वडामा धेरै भएको वडा नम्बर ११ कि वडा सभापति रिचा द्धुवेदीले बताईन् ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

पछिल्लो समयमा नेता कार्यकर्ता लगायत क्रियाशिल सदस्यहरु पनि तात्तिएपछि हमालको पक्षमा नै माहोल बलियो बन्दै गएको उनले सुनाईन् ।

‘हाम्रो वडामा त्यसरी आत्तिनुपर्ने अवस्था छैन, उम्मेदवार सँगै घरदैलो गर्ने र भोलीबाट वडाका क्रियाशिल सदस्य तथा स्थानीयहरु आफै घर–घरमा जाने र रुख चिन्हमा मतदान गर्न आग्रह गरेका छौं,’ द्धुवेदीले भनिन् ।

उम्मेदवार हमालले नेपालगन्ज वडा नम्बर ११ मा घरदैलो गर्ने क्रममा जनताको माग अनुसार काम गर्ने प्रतिवद्धता जनाए । उनले शुक्रबार बिहान पनि वडा नम्बर ५ मा मतदाताका घर–घरमा गएर रुख चिन्हमा मतदान गरी आफुलाई जिताउन आग्रह गरेका थिए ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक २५ गते शुक्रबार