खड्काको संयोजकत्वमा गठबन्धनका युवा र विद्यार्थी भेला हुँदै

बैजनाथ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदका लागि हुने निर्वाचन लाई मध्यनजर गर्दै केशर खड्काको नेतृत्वमा बाम लोकतान्त्रिक गठबन्धनका पाँच दलका युवा विद्यार्थी संगठनहरुको सयुक्त भेला हुने भएको छ।

उक्त युवा भेलामा नेपाल तरुण दल,वाईसीएल नेपाल ,युवा संघ नेपाल, अखिल नेपाल युवक संघ र समाजवादी युवा संघ र विद्यार्थी संगठनहरुको सयुक्त युवा भेला गरेर युवाहरूलाई निर्वाचनमा परिचालन गर्नका लागि भेला गरिने नेपाल तरुण दल बाँके जिल्ला कोषाध्यक्ष केशर खड्काले  बताए ।

बैजनाथ ६ सम्झना बजार स्थित बाम लोकतान्त्रिक गठबन्धन सयुक्त प्रचारप्रसार सचिवालय अगाडि  १ हजार ५ सय युवा र विद्यार्थीहरुको उपस्थित हुनेछ भने  कार्तिक २५ गते बिहान १०  वजे बृहत् भेला गरी निर्वाचन परिचालन गर्ने खड्काले बताए ।